+
+
Shares

ह्वाट्सएपमा नयाँ फिचर, मेसेज पढेपछि आफैं डिलिट हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १६:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ह्वाट्सएपले टेक्स्ट मेसेजमा पनि एकपटक पढेपछि स्वतः डिलिट हुने \'आफ्टर रिडिङ\' फिचर ल्याउने तयारी गरेको छ।

विश्वमा करिब ३ अर्ब ३० करोड सक्रिय प्रयोगकर्ता रहेको लोकप्रिय मेसेजिङ प्लटेफर्म ह्वाट्सएपले एउटा बहुप्रतिक्षित प्राइभेसी फिचर ल्याउने भएको छ ।

हालसम्म केवल फोटो र भिडियोका लागि मात्रै सीमित रहेको भ्यू वन्स फिचर अब टेक्स्ट मेसेजमा समेत उपलब्ध हुनेछ । अर्थात् ह्वाट्सएपमा एकपटक मेसेज पढ्ने बित्तिकै त्यो टेक्स्ट मेसेज स्वतः आफैँ डिलिट हुने फिचर आउन लागेको हो ।

डब्लुए बेटाइन्फोको रिपोर्ट अनुसार ह्वाट्सएपको नयाँ बीटा संस्करणमा आफ्टर रिडिङ नामको नयाँ फिचर फेला पारेको छ । यो फिचर हालको ‘डियापियरिङ मेसेज’ भन्दा फरक र उन्नत हुनेछ । किनकि यसमा म्यासेज पढ्नेबित्तिकै स्वतः गायब हुन्छ र त्यसका लागि कुनै निश्चित समय कुर्नु पर्नेछैन ।

हाल ह्वाट्सएपमा ‘डियापियरिङ मेसेज’ का लागि २४ घण्टा, ७ दिन वा ९० दिनको विकल्प छ । तर अप्टर रिडिङ फिचर सक्रिय भएपछि मेसेज प्रापकले मेसेज पढ्नेबित्तिकै त्यो च्याटबक्सबाट हट्नेछ । यो भनेको ह्वाट्सएपमा फोटो/भिडियोका लागि उपलब्ध ‘भ्यू वन्स’ फिचर जस्तै हो।

प्रारम्भिक परीक्षणअनुसार यसमा मेसेज पढिएपछि १५ मिनेटभित्र पठाउने र पाउने दुवैको ह्वाट्सएपको इनबक्सबाट त्यो स्थायी रूपमा हट्ने गरेको छ । यदि म्यासेज पढिएको छैन भने पनि त्यो २४ घण्टासम्म च्याटमा रहनेछ र त्यसपछि आफैँ डिलिट हुनेछ ।

यो सुविधा विशेषगरी ओटिपी, पासवर्ड, बैंक डिटेल्स जस्ता गोपनीय सूचनाहरू सेयर गर्दा उपयोगी हुने अपेक्षा गरिएको छ। यो सँगै प्रयोगकर्ताले ‘डिलिट फर एभ्रिवन’ जस्ता विकल्प प्रयोग गरेर ‘म्यानुअली मेसेज’ हटाउनु पर्ने झन्झट पनि कम हुनेछ ।

आइफोन प्रयोगकर्ताका लागि अनुवाद सुविधा

यसैबीच मेटा प्लेटफर्मले आइफोन प्रयोगकर्ताका लागि इनबिल्ट च्याट ट्रान्सलेसन फिचर पनि परीक्षण गरिरहेको छ । यो सुविधा मार्फत २१ भन्दा बढी भाषामा ह्वाट्सएपमा मेसेजहरू तुरुन्तै अनुवाद गर्न सकिनेछ । यो अनुवाद प्रणाली डिभाइसमै चल्ने भएकाले प्रयोगकर्ताको गोपनीयता पनि सुरक्षित रहने बताइएको छ ।

पछिल्लो समयमा डिजिटल प्राइभेसीप्रति प्रयोगकर्ताको चासो तीव्र रूपमा बढिरहेको छ । सिग्नल र टेलिग्रामजस्ता एपहरूले पनि आफैँ समाप्त हुने अर्थात् सेल्फ-डिस्ट्रक्टिङ म्यासेज र एन्ड-टु-एन्ड इन्क्रिप्सनलाई प्राथमिकता दिँदै आएका छन् । यही प्रतिस्पर्धात्मक वातावरणमा ह्वाट्सएपले पनि आफ्ना फिचरहरूलाई अझ सुरक्षित र प्रयोगकर्तामैत्री बनाउँदै लगिरहेको देखिन्छ ।

यो फिचर हाल एन्ड्रोइड बीटा संस्करण (२.२६.१२.२) मा मात्र परीक्षण भइरहेको छ र अझै यो विकासकै चरणमा रहेको बताइएको छ । परीक्षण सफल भएमा निकट भविष्यमा यसलाई सबै प्रयोगकर्ताका लागि सार्वजनिक रूपमा उपलब्ध गराइने अपेक्षा गरिएको छ । यो फिचर ह्वाट्सएप प्रयोगकर्ताको गोपनीयता सुरक्षाका लागि निकै उपयोगी हुने बताइएको छ ।

एजेन्सी

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?