News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वकर्मचारी सेवा परिषद नेपालले पूर्वसचिव शंकर पाण्डेयलाई ३५औं वार्षिकोत्सवमा ‘सरदार विष्णुमणि आचार्य पूर्वकर्मचारी स्मृति पुरस्कार' प्रदान गरेको छ।
- पुरस्कार परिषद्ले पहिलो पटक स्थापना गरेको हो र कार्यक्रम परिषद्का अध्यक्ष रामबाबु नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो।
- मुख्यसचिव सुमनराज अर्यालले पाण्डेयको निजामती सेवामा योगदानको प्रशंसा गर्दै सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभएको थियो।
काठमाडौं । पूर्वकर्मचारी सेवा परिषद नेपालले पूर्वसचिव शंकर पाण्डेयलाई एक विशेष समारोहमा सम्मान गरेको छ ।
परिषद्को ३५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनलाई ‘सरदार विष्णुमणि आचार्य पूर्वकर्मचारी स्मृति पुरस्कार’ प्रदान गरिएको हो ।
यो पुरस्कार परिषद्ले पहिलो पटक स्थापना गरेको हो ।
कार्यक्रम परिषद्का अध्यक्ष रामबाबु नेपालको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्याल, विशिष्ट अतिथि पूर्वराजदूत एवं वरिष्ठ कूटनीतिज्ञ मधुरमण आचार्य लगायतको उपस्थिति थियो ।
सम्मानपत्र, दोसल्लासहित पुरस्कार प्रदान गर्दै मुख्य सचिव अर्यालले निजामती सेवामा कुशल प्रशासक एवं सेवक भएर गरेको पाण्डेयको योगदानको प्रशंसा गरे ।
सम्मान ग्रहण गर्दै पूर्वसचिव पाण्डेयले परिषद् र आयोजकप्रति आभार व्यक्त गरे ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4