+
+
Shares

जलवायु परिवर्तनका कारण मौसमजन्य घटना बढ्दै

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने ) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा परेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ९ गते १६:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ऊर्जा मन्त्रालयका सचिव चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण चरम मौसमजन्य घटनाहरू बढ्दै भविष्य जोखिममा परेको बताए।
  • जल तथा मौसम विज्ञान विभागले आधुनिक प्रविधि र पूर्वसूचना प्रणाली सुदृढीकरणमा जोड दिएको छ।
  • विभागले पाँचदेखि सात दिनसम्मको पूर्वानुमान सेवा, कृत्रिम बुद्धिमत्ता आधारित विश्लेषण र मोबाइल एपमार्फत सेवा विस्तार गर्ने योजना रहेको जनाएको छ।

९ चैत, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव (ऊर्जा हेर्ने ) चिरञ्जीवी चटौतले जलवायु परिवर्तनका कारण बाढी, पहिरोलगायत चरम मौसमजन्य घटनाहरू बढ्दै जाँदा भविष्य नै जोखिममा परेको बताएका छन् ।

विश्व मौसम दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा सचिव चटौतले जलवायु परिवर्तनका असरसँग जुध्न जल तथा मौसमजन्य घटनाका पूर्वसूचना प्रविधि र जलवायुमैत्री पूर्वाधार विकास आवश्यक रहेको बताए । उनले वैज्ञानिक तथ्याङ्कलाई प्रभावकारी रूपमा पूर्वसूचनामा रूपान्तरण गर्न सके मौसमजन्य घटनाबाट नागरिकको ज्यान जोगाउन सकिने धारणा व्यक्त गरे ।

‘वैज्ञानिक तथ्याङ्कलाई समयमा नै पूर्वसूचनामा बदलेर जोखिम कम गर्न सकिन्छ । बाढी पहिरो, हिमताल विस्फोटबाट हुन सक्ने सम्भावित धनजनको क्षति कम गर्न सकिन्छ,’ उनले भने ।

जल तथा मौसम सेवाहरूलाई आधुनिक, विश्वसनीय र प्रभावकारी बनाउन बहुपक्षीय सहकार्य अपरिहार्य रहेको सचिव चटौतले औंल्याए । साथै, सरकार, प्राविधिक निकाय र सरोकारवालाबीच समन्वय बलियो बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । जलवायुजन्य जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली सुदृढीकरण, प्रविधिको प्रयोग विस्तार तथा संस्थागत सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् राजु धर प्रधानाङ्ग र वरिष्ठ जलविद् राम विकेशले संयुक्त रूपमा कार्यपत्र प्रस्तुत गर्दै अवलोकनदेखि सेवासम्मको मौसम प्रणालीको विकासक्रम, प्रविधिको प्रयोग तथा भविष्यका योजनाबारे जानकारी गराए । उनीहरुले पछिल्लो समय मौसमजन्य पूर्वसूचनाको अवलोकनदेखि सेवासम्म मौसम पूर्वानुमान प्रणाली सुदृढ हुँदै गएको बताए । अवलोकन, विश्लेषण, पूर्वानुमान र सेवामार्फत विपद् न्यूनीकरणमा प्रभावकारी योगदान पुर्‍याइरहेको उनीहरूको भनाइ छ ।

विश्व मौसम दिवस २०२६ को सन्दर्भमा आयोजित कार्यक्रममा प्रस्तुत कार्यपत्रमा मौसमसम्बन्धी सही अवलोकन बिना प्रभावकारी पूर्वानुमान सम्भव नहुने उल्लेख छ ।

वरिष्ठ मौसमविद् प्रधानाङ्गले मौसमले उड्डययन, कृषि, स्वास्थ्य, दैनिक जनजीवन तथा विपद् व्यवस्थापनलगायत क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले विश्वसनीय तथ्याङ्क सङ्कलन आवश्यक रहेको औँल्याए ।

उनका अनुसार देशभरका स्वचालित र ‘म्यानुअल’ मौसम स्टेसन, राडार, उपग्रह तथा रेडियोसन्डे प्रणालीमार्फत वास्तविक समयमै तथ्याङ्क सङ्कलन गरिँदै आएको छ । सङ्कलित तथ्याङ्कलाई गुणस्तर परीक्षण तथा विश्लेषण गरी पूर्वानुमान तयार पारिने गरिएको छ ।

सङ्ख्यात्मक मौसम पूर्वानुमान (एनडब्ल्युपी) प्रणालीमार्फत विभिन्न सरकारी निकाय तथा सरोकारवालालाई डेटा उपलब्ध गराउँदै आएको प्रधानाङ्गको भनाइ छ । ‘यसले यातायात, कृषि, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनमा निर्णय लिन सहयोग पु-याइरहेको छ,’ उनले भने ।

हाल १२ घण्टा, २४ घण्टा, तीन दिन तथा साप्ताहिक पूर्वानुमान सेवा सञ्चालनमा रहेको छ । यस्तै, उड्डययन क्षेत्रका लागि विशेष मौसम सेवा, पर्वतारोहण पूर्वानुमान, कृषि मौसम सेवा तथा विशेष चेतावनी प्रणालीसमेत सञ्चालनमा छन् ।

विभागका अनुसार पछिल्ला वर्षमा प्रविधिको प्रयोग उल्लेखनीय रूपमा बढाइएको र स्वचालित मौसम स्टेसन, उन्नत उपग्रह, राडार प्रणाली तथा उच्च क्षमतायुक्त कम्प्युटर प्रणालीमार्फत पूर्वानुमानको शुद्धता सुधार गरिएको छ ।

सन् २०२१ देखि सुरु गरिएको प्रभावमा आधारित पूर्वानुमान प्रणालीले विशेषगरी मनसुनको समयमा जोखिमयुक्त क्षेत्रमा पूर्वसूचना प्रवाहलाई प्रभावकारी बनाएको विभागले जनाएको छ । भविष्यमा पाँचदेखि सात दिनसम्मको पूर्वानुमान सेवा, निर्णय सहयोग प्रणाली, कृत्रिम बुद्धिमत्ता आधारित विश्लेषण तथा मोबाइल एपमार्फत सेवा विस्तार गर्ने योजना रहेको पनि कार्यक्रममा जानकारी दिइएको छ ।

जलविद् रायले बाढीसम्बन्धी पूर्वसूचनाका कारण सम्भावित जोखिम न्यूनीकरण भएको र धनजनको क्षतिसमेत कम भएको भन्दै पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेकामा जोड दिए । रासस

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?