‘चालीस मुनिका चालीस’ कर्मशील युवाको अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको सूची तयार पारेको थियो । यसमा समाचार कक्ष बाहिरका कतिपय विज्ञ र स्रोतहरूबाट समेत सुझाव र सहयोग मागिएको थियो । यसरी तयार भएको १५० माथिको सूचीलाई अनलाइनखबरको समाचार कक्षले राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा शीर्षकमा विभाजन गरी तिनमा स्पष्ट मापदण्ड बनाएर विवेकसम्मत तरिकाले ८० मा झारेको थियो । यसरी तयार भएको ८० जनाको सूचीलाई स्वतन्त्र जुरी समक्ष प्रस्तुत गरिएको थियो । १७ र २१ असार २०८१ मा बसेको जुरीको बैठकको निर्णय बमोजिम यो ४० जनाको सूची तयार गरिएको हो । अन्तिम नाम छनोट गर्ने …
Read Moreमानिसहरू भन्छन्– उमेर आफैंमा अंक मात्रै हो । यदि त्यो अंक मात्रै हो भने पनि ४० वर्षभन्दा मुनि हुनु भनेको मान्छेको जैविक, मानसिक र शारीरिक विकासको खास चरण नै हो । अपवाद बाहेक धेरै मानिस उमेरको खास चरणसँगै ऊर्जाशील र सन्तुलित बन्छन्, थाक्छन् पनि । धेरैजसोको जीवनमा पढाइ, करिअर, परिवार इत्यादिको व्यवस्थापन यही उमेरसम्म भइसक्छ । यही उमेर समूह नै समाजमा क्रान्ति, परिवर्तन होस् या स–साना नदेखिने थुप्रै परिवर्तनको अगुवा बनेर रहेको हुन्छ । भर्खरै बंगलादेशमा हेर्यौं भने त्यसको अग्रभागमा युवा भेटिन्छन् । नेपालका प्रत्येक परिवर्तनको अगुवा ४० वर्षभन्दा मुनिको युवा हो, भलै त्यसपछिको उपलब्धिलाई नेतृत्व गर्न प्रौढ पुस्ता अघि सरेको किन नहोस् ! २०७८ …
Read More