+
डा. कमलेश्वर भाट भेटेरिनरी डाक्टर
ईः अभियन्ता
हिक्मत वादी सामाजिक अभियन्ता
मोहन ठाकुर उद्यमी
पारसमणि पोखरेल न्यायाधीश
शुक्र चुमान पालिका प्रमुख
रविना महर्जन प्रधानाध्यापक
मीनबहादुर भाम चलचित्र निर्माता
मनिष महर्जन डकुमेन्ट्री
ज्योति केसी एनालग एस्ट्रोनट
अनुप खनाल इन्जिनियर
संगीता उराँव रंगकर्मी
सिसन बानियाँ भ्लगर र चलचित्र निर्माता
मनोज पासवान अभियन्ता
बसन्त लामा व्यवसायी
रिन्जिन फुन्जोक लामा संरक्षण अभियन्ता
वन्दना झाँगड प्रदेश सभा सदस्य
रचना सुनार अभियन्ता
डा. रामजी राम चिकित्सक

छनौट प्रक्रिया

‘चालीस मुनिका चालीस’ कर्मशील युवाको अन्तिम सूची तयार गर्नुअघि अनलाइनखबरले काठमाडौंमा रहेको आफ्नो केन्द्रीय समाचार कक्ष र सातै प्रदेशका प्रदेश कार्यालयहरूबाट सम्भावित व्यक्तिहरूको सूची तयार पारेको थियो । यसमा समाचार कक्ष बाहिरका कतिपय विज्ञ र स्रोतहरूबाट समेत सुझाव र सहयोग मागिएको थियो । यसरी तयार भएको १५० माथिको सूचीलाई अनलाइनखबरको समाचार कक्षले राजनीति, समाज, कला/साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यम व्यवस्था र डायस्पोरा शीर्षकमा विभाजन गरी तिनमा स्पष्ट मापदण्ड बनाएर विवेकसम्मत तरिकाले ८० मा झारेको थियो । यसरी तयार भएको ८० जनाको सूचीलाई स्वतन्त्र जुरी समक्ष प्रस्तुत गरिएको थियो । १७ र २१ असार २०८१ मा बसेको जुरीको बैठकको निर्णय बमोजिम यो ४० जनाको सूची तयार गरिएको हो । अन्तिम नाम छनोट गर्ने …

Read More

यसकारण बनायौं चालीस मुनिका चालीस- २०८१ को सूची

मानिसहरू भन्छन्– उमेर आफैंमा अंक मात्रै हो । यदि त्यो अंक मात्रै हो भने पनि ४० वर्षभन्दा मुनि हुनु भनेको मान्छेको जैविक, मानसिक र शारीरिक विकासको खास चरण नै हो । अपवाद बाहेक धेरै मानिस उमेरको खास चरणसँगै ऊर्जाशील र सन्तुलित बन्छन्, थाक्छन् पनि । धेरैजसोको जीवनमा पढाइ, करिअर, परिवार इत्यादिको व्यवस्थापन यही उमेरसम्म भइसक्छ । यही उमेर समूह नै समाजमा क्रान्ति, परिवर्तन होस् या स–साना नदेखिने थुप्रै परिवर्तनको अगुवा बनेर रहेको हुन्छ । भर्खरै बंगलादेशमा हेर्‍यौं भने त्यसको अग्रभागमा युवा भेटिन्छन् । नेपालका प्रत्येक परिवर्तनको अगुवा ४० वर्षभन्दा मुनिको युवा हो, भलै त्यसपछिको उपलब्धिलाई नेतृत्व गर्न प्रौढ पुस्ता अघि सरेको किन नहोस् ! २०७८ …

Read More