
दुई दशकदेखि शिक्षणमा सक्रिय समाजशास्त्री डा. नीति अर्याल खनाल विभिन्न सामाजिक मामिलामा शोध तथा अनुसन्धानकर्ता समेत हुन् । सामाजिक न्यायसँग जोडिएका उनका अनुसन्धानहरू शारीरिक अशक्तता, सशस्त्र द्वन्द्व, घरेलु हिंसा, सीमान्तकृत समुदायको न्याय र प्रजनन स्वास्थ्य लगायतसँग सम्बन्धित हुन्छन् ।
यस बारे उनका कैयौं शोध र अनुसन्धानमूलक लेखहरू प्रकाशित छन् । लैंगिक न्यायका विषयमा अष्ट्रेलियाको मोनाश विश्वविद्यालयबाट विद्यावारिधी गरेकी उनी हाल त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र केन्द्रीय विभागका एमफिल तथा पीएचडी कार्यक्रमका विद्यार्थीलाई शोध निर्देशन गर्छिन् ।
साथै, पाटन संयुक्त क्याम्पसको समाजशास्त्र विभागमा अध्यापनरत छिन् । केन्द्रीय विभागमा आबद्ध हुनुअघि उनी त्रिवी सम्बद्ध विभिन्न आंगिक क्याम्पसहरूमा अध्यापनमा सक्रिय थिइन् । उनी त्रिभुवन विश्वविद्यालय समाजशास्त्र एवं लैंगिक अध्ययन विषय समितिका सदस्य पनि हुन् । उनी अमेरिकी सरकारको फुलब्राइट भिजिटिङ स्कलर पनि हुन् ।
प्रतिक्रिया 4