News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं–१० मा नेपाली कांग्रेसको प्रतिनिधिसभा क्षेत्रीय सभापतिमा विद्युतीय सुशासन आयोगका पूर्व सीईओ दिपेश विष्ट उम्मेदवार बनेका छन् ।
- सोमबार हुने कांग्रेस अधिवेशनमा विष्टले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
- विष्टले क्रियाशील सदस्यता अनलाइन र डिजिटल संगठन व्यवस्थापनमा प्राविधिक अगुवाइ गरेका थिए ।
११ असोज, काठमाडौं । काठमाडौं–१० मा नेपाली कांग्रेसको क्षेत्रीय सभापतिमा विद्युतीय सुशासन आयोगका पूर्व सीईओ दिपेश विष्ट उम्मेदवार बनेका छन् ।
सोमबार हुने प्रतिनिधिसभा क्षेत्रको कांग्रेस अधिवेशनमा विष्टले उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
विष्ट विद्युतीय सुशासन आयोगको संस्थापक सीईओ समेत हुन् । विष्टले ‘डिजिटल कांग्रेस’ का लागि प्रविधिका कार्यहरू गरेका छन् । क्रियाशील सदस्यता अनलाइन गर्ने र डिजिटल संगठन व्यवस्थापनका लागि विष्टले प्राविधिक अगुवाइ गरेका थिए ।
विद्युतीय सुशासन आयोगको सीईओका रूपमा कार्यरत रहँदा बिष्टले पूर्वप्रधानमन्त्री सुशीला कार्की र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहसँग समेत विभिन्न सार्वजनिक सेवा तथा डिजिटल शासनसम्बन्धी विषयमा सहकार्य गरेका थिए ।
विष्ट पेसाले कम्प्युटर इन्जिनियर हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4