- Home
- संसद विघटन विशेष
संसद विघटन विशेष
५ फागुन, काठमाडौं । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै गरेको मुद्दामा सर्वोच्च अदालत, संवैधानिक इजलासमा भइरहेको बहस अन्तिम चरणमा छ । रिट निवेदक र विपक्षीको बहस सकिएपछि अदालतको साथी (एमिकस क्युरी) ले बहस थालेका छन् । नेपाल बार एशोसिएसनबाट चयन भएका एमिकस क्युरी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका […]
५ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतका साथी) का रूपमा चयन भएका वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलले प्रतिनिधि सभा विघटन असंवैधानिक भएको राय दिएका छन् । संविधानले प्रधानमन्त्रीलाई विशेषाधिकार नदिएको भन्दै उनले ‘यो प्रणाली भत्किने संघारमा छ, एउटा कम्पन हानिदिऊँ’ भन्ने लोगेको भए पुस ५ को संसद् विघटनलाई सदर गर्न आग्रह गरे । बुधबार संवैधानिक इजलासमा […]
४ फागुन, काठमाडौं । एमिकस क्युरी (अदालतका साथी) का रुपमा चयन भएका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक र बदनियतपूर्ण भएको राय संवैधानिक इजलासलाई दिएका छन् । उनको प्रष्ट तर्क छ, संविधानअनुसार बहुमतप्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाउँछ । तर पार्टीभित्रको आन्तरिक कारणले संसद विघटन गर्नु चाहिँ असंवैधानिक र […]
३ फागुन, काठमाडौं । अदालतको अवहेलना मुद्दा खेपेका चार पूर्वप्रधानन्यायाधीशले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रित गर्ने चक्रव्यूह रचिए स्वीकार्य नहुने बताएका छन् । साथै प्रतिनिधिसभा विघटन गैरसंवैधानिक हो भनी जारी गरेको विज्ञप्तिमा आफूहरुको प्रतिवद्धता कायमै रहेको भन्दै उनीहरुले आफूहरुविरुद्ध परेको मुद्दालाई संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्धासँगै राखेर सुनुवाइ गरेपनि आपत्ति नहुने बताएका छन् । संसद विघटनबारे […]
२९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा संवैधानिक इजलासमा बहस गर्ने सरकारी तथा प्रधानमन्त्रीका निजी कानुन व्यवसायीहरुको तर्क थियो, ‘संसदले प्रधानमन्त्रीलाई सहयोग गरेन, कामै गर्न नसक्ने स्थिति आयो ।’ महान्यायाधिवक्ता अग्नि खरेलको त दर्ता भएका विधेयकहरुको फेहरिस्त सुनाउँदै संसदकै कारण पास हुन नसकेको दाबी गरे । र, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतातर्फ संकेत गर्दै […]
२९ माघ, काठमाडौं । बिहीबार प्रधानमन्त्रीको प्रतिरक्षामा बहस गर्न आएका कानुन व्यवसायीले नेपालको संविधानले शक्तिशाली प्रधानमन्त्री परिकल्पना गरेको बताएका छन् । अधिवक्ता रामचन्द्र गौतमले विगतमा राणा प्रधानमन्त्री र राजालाई भएको जति अधिकार अहिलेको संविधानले प्रधानमन्त्रीलाई दिएको जिकिर गरे । ‘संसद विघटन गर्ने अधिकार संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको अवशिष्ट अधिकार हो । यो प्रणालीमा प्राइमिनिस्टर राजा […]
२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको प्रतिरक्षामा बहस गरेका प्रधानमन्त्रीका निजी कानून व्यवसायीहरुले धम्कीपूर्ण भाषा प्रयोग गर्न थालेका छन् । संसद विघटनलाई प्रधानमन्त्रीको अवशिष्ट अधिकार भएको तर्क गर्दै आएका उनीहरुले फरक फैसला भए संसद अधिवेशन नबोलाउन सक्ने धम्की दिएका हुन् । बुधबार संवैधानिक इजलासमा प्रधानमन्त्रीका निजी कानून व्यवसायीका रुपमा बहस गरेका वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले […]
१९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयको प्रतिरक्षा गर्न संवैधानिक इजलासको बेञ्चमा उभिएका महान्यायाधिवक्ता अग्नि खरेलमाथि सोमबार न्यायाधीशहरुले प्रश्नको वर्षा नै गरे । न्यायाधीशहरुले बहुमतको प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार संविधानमा कहाँ छ ? अधिकार नै छ भने पनि विघटन गर्नैपर्ने अवस्था छ ? विघटनबाट संविधानले राखेको स्थायीत्वको चाहना कसरी पूरा भयो ? […]
१३ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा मंगलबार ३ जनाले बहस गरे । सुरुमा आफ्नो सोमबारकै बहसलाई निरन्तरता दिन आएका वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीले राजीनामा नदिएको अवस्थामा वैकल्पिक सरकार खोज्नुको अर्थ नहुने बताए । न्यायाधीशहरुले अर्को सरकार बन्न सक्ने विकल्प छ ? भनी सोधेको प्रश्नतर्फ इंगित गर्दै थापाले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म वैकल्पिक सरकार खोज्न […]
१२ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाइमा सोमबार दुईजनाले मात्रै बहस गरे । आइतबार बहस गरेका अधिवक्ता मेघनाथ पोखरेलले सोमबार दुई घण्टा समय लिए । उनीपछि आएका वरिष्ठ अधिवक्ता शम्भु थापाले करिब डेढ घण्टा बहस गरे । थापाको बहस नसकिएपछि मंगलबारका लागि सारिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले बारम्बार सोध्ने प्रश्न […]
८ माघ, काठमाडौं । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दामा सुनुवाई गरिरहेका प्रधानन्यायाधीश चालेन्द्रसमशेर जबरा हरेकचोटि बहस गर्न आउने वकिलहरुलाई बारम्बार दुईवटा प्रश्न दोहोर्याएर सोध्छन् । पहिलो, संविधानले धारा ७६ अनुसार संसदले सरकार दिनुपर्छ, संसद सरकार दिन सकेन भने विघटन हुन्छ, यत्ति होइन ?’ ‘हो’ भन्ने जवाफ पाएपछि उनी कहिले संसदको अंकगणित सुनाउँछन् त कहिले केपी […]
२७ पुस, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले अदालतले प्रतिनिधिसभा विघटनलाई सदर गर्ने हो भने संविधान खारेजको फैसला पनि एकसाथ सुनाउनुपर्ने बताएका छन् । यद्यपि अदालतले संविधानअनुसार फैसला गर्छ भन्ने विश्वास आफूलाई रहेको बताए । संविधानसभा सदस्य मञ्च नेपालले सोमबार राजधानीमा गरेको अन्तरक्रियामा ढंगानाले संसद पुनर्स्थापना हुन्छ कि हुन्न भन्ने बहस गर्दा संविधान र राजनीतिक दुबै […]
२६ पुस, काठमाडौं । प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा भएको एकाध घण्टा नवित्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसेर भन्यो, ‘यो नेकपा सरकारको संविधान भत्काउने र मुलुकलाई अस्थिरता र अनिश्चिततातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक काम हो ।’ त्यसयता बसेको केन्द्रीय कार्यसमिति बैठकबाट उसले पटक पटक भनेको छ, ‘संसद विघटन संवैधानिक र अलोकतान्त्रिक […]
२६ पुस, काठमाडौं । कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले चाहेर पनि आफूलाई हटाउन नसकेको भन्दै यही स्थिरता र स्थायित्व भएको बताएका छन् । आइतबार राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चुनाव हुनु अस्थिरता नभएको जिकिर गरे । ‘संवैधानिक बाटोबाट जाँदा अस्थिरता भनिँदैन,’ उनले भने, ‘अस्थिरता त्यतिबेला हुन्छ, जतिबेला बाध्य शक्तिको इशारामा जब […]
२५ पुस, काठमाडौं । संसद विघटनबारे चार जना पूर्व प्रधानन्यायाधीशले संयुक्त वक्तव्य जारी गर्नुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई धम्की दिएको अर्थ लगाए । आफूसम्वद्ध युवा संघ नेपालका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले सडकबाट फैसला नगर्न चेतावनी दिए । ‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे […]
२५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन प्रकरणमा चार पूर्व प्रधानन्यायाधीशको वक्तव्यप्रति आपत्ति जनाएका छन् । आफ्नो पक्षका युवा संघका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले अदालतलाई नधक्याउन सचेत गराएका हुन् । ‘एक पटक अदालतमा जागिर खाएको भरमा केही मान्छे पोहोर परार जागिर खाएको थियो कि अहिले पनि छन् भन्ने बिर्सिएर यस्तो […]
२४ पुस, काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेका छन् । मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले संयुक्त वव्यक्त जारी गर्दै आकर्षित नहुने धारा प्रयोग गरेर संसद भंग गरिएको बताएका हुन् । संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा […]
२३ पुस, काठमाडौं । संसद विघटनको विरोधमा सडकमा उत्रिएको नेकपा प्रचण्ड–माधव समूहले बिहीबार नागरिक समाजसँग छलफल गर्यो । अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ मञ्चमा थिए भने वक्ताका रुपमा पूर्वसभामुख दमननाथ ढुंगाना, मानवअधिकारकर्मी कृष्ण पहाडी, पूर्वराजदूत लीलामणि पौडेल, नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत थिए । सहभागी सबैको धारणा थियो, […]
२२ पुस, काठमाडौं । संविधान निर्माणका बेला संविधानसभाभित्र विभिन्न समिति र उपसमितिहरु गठन गरिएका थिए । संवैधानिक राजनीतिक संवाद समितिको सभापतिमा डा. बाबुराम भट्टराई, संविधान मस्यौदा समितिका सभापतिमा कृष्णप्रसाद सिटौला र संविधान अभिलेख तथा निर्क्यौल समितिकोे सभापतिमा विष्णु पौडेल थिए । यी समितिले विभिन्न उपसमितिहरु बनाएर संविधान निर्माणसम्बन्धी काम गरेका थिए । संघीय संसदको अभिलेखमा […]
२२ पुस, काठमाडौं । संविधानसभाका अध्यक्ष एवं सत्तारुढ नेकपा (ओली समूह) का नेता सुवासचन्द्र नेम्वाङको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा नेम्वाङले भनेका छन्, ‘रीस उठ्यो भन्दैमा प्रधानमन्त्रीले संसद भंग गर्ने व्यवस्था हामीले हटायौं । अहिले प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनन् । हामीले संविधानमा त्यो व्यवस्थै राखेनौं ।’ केपी ओलीले गरेको संसद […]
२२ पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमाथिको सुनुवाइका क्रममा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुख्यतः दुईवटा विषय उठे । एक– रिट निवेदकहरुका कानुन व्यवसायीले यो विवाद संवैधानिक इजलासमा नभई बृहत पूर्ण इजलासमा सुनुवाइ गर्न माग गरे । दुई– संवैधानिक इजलासमा पूर्वमहान्यायाधिवक्तासमेत रहेका न्यायाधीश हरिकृष्ण कार्कीको संलग्नताबारे प्रश्न उठाए । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद विघटनसम्बन्धी […]