Comments Add Comment

राष्ट्रिय समाचार

List Grid
हुम्ला दुर्घटनाः पानीको बहाव तीब्र भएपछि फर्कियो गोताखोर टोली

४ असार, काठमाडौं । हुम्लाको खर्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा बेपत्ता भएको जीप खोज्न गएको सशस्त्र प्रहरी बल, कुरिनटारको गोताखोर टोली घटनास्थलबाट फर्किएको छ । सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा ४ जनाको गोताखोर टोली पानीको बहाव तीब्र भएपछि उद्दार कार्य स्थगित गरेर फर्किएको हो । टोलीमा संलग्न एक अधिकृतले अनलाइनखबरसँग भने, ‘अत्याधिक चिसो र […]

मेलम्चीबारे मलाई सही ब्रिफिङ गरिएनः प्रधानमन्त्री

४ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी हमला भइरहेको गुनासो गरेका छन् । राम्रो काम गर्दागर्दै पनि सरकारमाथि हमला भइरहेको उनको भनाइ थियो । राष्ट्रिय योजना आयोगमा बुधबार राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै प्रधानमन्त्रीले राजनीतिक हमलासँगै जानी-नजानी सरकारी संयन्त्रबाट पनि असहयोग भइरहेको गुनासो गरे । मेलम्ची खानेपानी आयोजनाको प्रसंग निकाल्दै […]

बझाङमा जीप दुर्घटनामा मृत्यु हुनेको सामूहिक अन्त्येष्टि

४ असार, बझाङ । सोमवार भएको जिप दुर्घटनामा मृत्यू भएका ९ जनाको बुधबार सामुहिक दाहसंस्कार गरिएको छ । दुर्घटनामा मृत्यू भएका कोटदेवल गाउँका ९ जनाको सदरमुकाम नजिकको सेती नदी किनार धौलाबगरमा सामुहिक अन्त्येष्टि गरिएको हो । जिन्नाडा घर भएका जिप चालक सुरेन्द्र थापाको जिन्नाडिगाड र सेतीको दोभानमा अन्त्येिष्ट गरिएको छ । बझाङ जिल्लामा भएको यो […]

मदिरा निकासी खुल्ला, इनर्जी ड्रिङ्स आयातमा रोक

४ असार, काठमाडौं । नेपालमा उत्पादित मदिरा विदेश निर्यात फेरि खुल्ला गरिएको छ । सरकारले आयात तथा निर्यात हुने वस्तुहरुको सूचीमा हेरफेर गर्दै मदिरालाई खुला गरेको हो । दुई वर्ष अघिसम्म नेपालबाट मदिराजन्य वस्तु निर्यात गर्न पाइन्थ्यो । तर आर्थिक ऐनमा एकाएक परिवर्तन गरेर तत्कालिन सरकारले मदिरा निर्यातमा रोक लगाएको मदिरा व्यवसायी महासंघका उपाध्यक्ष नवलकिशोर […]

विदेशी विनिमय सञ्चिती ४२ अर्बले घट्यो, राष्ट्र बैंकको ढुकुटीमा ९ खर्ब

४ असार, काठमाडौं । नेपालको कुल विदेशी विनिमय सञ्चिती चालु आर्थिक वर्षको १० महिनामा करिब ४२ अर्ब रुपैयाँले घटेको छ । २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा गत वैशास मसान्तसम्म आइपुग्दा १० खर्ब ६० अर्ब ७० करोड रुपैयाँमा झरेको हो । कुल विदेशी विनिमय सञ्चितीमध्ये राष्ट्र बैंकको ढुकुटीमा २०७५ असार […]

पोखरा महानगरले साढे ७ अर्बको बजेट ल्याउने

४ असार, पोखरा । पोखरा महानगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि साढे ७ अर्बको बजेट ल्याउने तयारी गरेको छ । असार १० गते प्रस्तुत हुने बजेट चालु आर्थिक वर्षभन्दा १ अर्बले बढी ल्याउन लागेको हो । महानगरका प्रवक्ता धनबहादुर नेपालीका अनुसार बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको छ । महानगरसँग ग्रामीण भेग जोड्ने सडकलाई प्राथमिकतामा दिएर […]

गुठी विधेयकविरुद्ध उर्लियो जनसागर

४ असार, काठमाडौं । गुठी विधेयक खारेजीको माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा विशाल प्रदर्शन भएको छ । काठमाडौंको विभिन्न ठाउँबाट सुरु भएको जुलुस माइतीघर आइपुगेको थियो । सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि काठमाडौंबासीले त्यसमा चित्त बुझाएनन् । हजारौं सर्वसाधारण नेपाली झण्डा बोकेर जुलुसमा सहभागी भएका थिए । विभिन्न नारा लेखिएको ब्यानर र […]

राष्ट्रियसभाबाट गुठी विधेयक फिर्ता लिन कांग्रेसको माग

४ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभामा छलफलको प्रक्रियामा रहेको गुठी विधेयक संसदीय प्रक्रियाबाटै फिर्ता लिन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले मन्त्रीस्तरीय निर्णयबाट मंगलबार फिर्ता लिएको गुठी विधेयक राष्ट्रिय सभाबाट पनि फिर्ता लिन सरकारसँग माग गरेका हुन् । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले […]

सिंगापुरको पानीजहाजमा जागिर खाने लोभमा ६ करोड गुम्यो

४ असार, काठमाडौं । सिंगापुरको पानीजहाजमा आकर्षक काम पाउने आश्वसनमा पर्दा तीन सयभन्दा बढी नेपाली युवाको करोडौं रुपैयाँ डुबेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको ठगी हेर्ने पिल्लरले गरेको अनुसन्धानले ६ करोड रुपैयाँभन्दा बढी ठगिएको देखाएको हो । प्रहरीले ठगीमा संलग्न भएको आरोपमा नुवाकोटका प्रविण पौडेललाई पक्राउ गरेको छ । महाशाखाका एसएसपी सहकुलबहादुर थापाका अनुसार […]

कर्णाली नदीमा खसेको जीप २४ घन्टा वित्दा पनि भेटिएन

४ असार, काठमाडौं । हुम्लाको खर्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा बेपत्ता भएको जीप खोज्न सशस्त्र प्रहरी बल, कुरिनटारको गोताखोर टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा ४ जनाको गोताखोर टोली घटनास्थलमा पुगेको हो । कर्णाली प्रदेश प्रहरीका डीएसपी लोकनाथ रिजालका अनुसार नेपाली सेनाको होलिकोप्टरमा एपीएफको टोली ११ः५५ बजे काठमाडौंबाट उडेको […]

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने २ जना पक्राउ

४ असार, काठमाडौं । कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही व्यक्तिहरुले कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन । कालिमाटी प्रहरी प्रमुख डीएसपी देवेन्द्रबहादुर पालका अनुसार पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ । ‘नमूना’ […]

‘लोकसेवाको विज्ञापन खारेज हुनुपर्छ’

स्थानीय तहमा कर्मचारीहरुको माग गर्दै लोक सेवाले निकालेको विज्ञापन पार्टीभित्र पनि, संसदको समितिहरुभित्र पनि छलफल चलिराखेकै विषय हो । म आफैं पनि राज्यव्यवस्था समितिको सदस्य छु । त्यसो भएको हुनाले स्वाभाविकरुपले राज्य व्यवस्था समितिका पदाधिकारीहरु मसँग आएर के गर्ने, कसो गर्ने भन्ने सल्लाह भइराखेको छ । समितिले यसलाई खारेज गर्न निर्देशन जारी गरिसकेको हुनाले मैले […]

प्रधानमन्त्रीले जहिल्यै हेप्ने काम गरे, यो मान्दैनौं : देउवा

४ असार, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बल मिच्याई नगर्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । साथै मंगलबार प्रधानमन्त्रीले जबरजस्ती बोल्न खोज्दा आफूहरुले संसद अवरुद्ध गर्नु परेको उनले बताए । बुधबार संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सभापति देउवाले सदन प्रतिपक्षको पनि हो भन्ने नभुल्न आग्रह गरे । ‘हिजो […]

विद्यार्थीको कोटा बढाइदिन वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको माग

४ असार, काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियारले विद्यार्थीहरुको सिट संख्या बढाइदिन माग गरेका छन् । चिकित्सा शिक्षा ऐन आएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एमबीबीएस पढ्ने विद्यार्थीहरुको कोटा एक सय ५० बाट एक सयमा झारिएको थियो । बुधबार संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिको बैठकमा उपकुलपति रौनियारले २५० सिट […]

देउवाले संसदमा भने– यस्तो बलमिच्याइँ चल्दैन

४ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलले बोलेको सबै कुरा सरकारले पूरा गर्नु नपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा उनले प्रतिपक्षले बोल्यो भनेर डराउन नहुने बताए । देउवाले बैठकमा भने, ‘मैले माग गर्ने हो । मेरो अरु पनि माग छ । डराइ हाल्नु पर्ने ? शेरबहादुरले […]

बालुवाटारमा प्रधानमन्त्री ओली र प्रचण्डवीच छलफल

४ असार, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डवीच प्रधानमन्त्री निवास बालुवाटारमा समसामयिक परिस्थितिबारे बुधबार छलफल हुँदैछ । अध्यक्षद्वयवीच पार्टी एकतासम्बन्धी थाती रहेको विषयमा छलफल हुने पार्टीनिकट स्रोतले बतायो । यसअघि जिल्ला ईञ्चार्ज र सहइञ्चार्जहरुको जिम्मेवारी बाँडफाँट नटुंग्याइकन प्रधानमन्त्री युरोप गएका थिए । युरोपबाट फर्किएपछि त्यसलाई टुंगो लगाउने भन्दै […]

माइतीघरको बटमलाइन : गुठी विधेयकको खारेजी (फोटो फिचर)

४ असार, काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिएको घोषणा गरे पनि उपत्यकाका गुठियारहरुले त्यसबाट चित्त बुझाएनन् । गुठी विधेयक फिर्ता लिएर मात्रै नपुग्ने भन्दै यसलाई खारेज नै गर्नुपर्ने  उपत्यकाबासीहरूकाे माग छ । भूमि व्यवस्था मन्त्री पदमा अर्यालले मंगलबार पत्रकार सम्मेलन गरेर गुठी विधेयकमा थप छलफल गर्नुपर्ने भएको बताउँदै फिर्ता लिएको घोषणा गरेकी थिइन् । […]

प्रधानमन्त्रीको युरोप भ्रमणमा देउवाको टिप्पणीः राष्ट्रपतिले भेट दिएनन्, ‘ह्वाइट’हरुले सलाम गर्न मानेनन्

४ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको युरोप भ्रमण असफल भएको टिप्पणी गरेका छन् । संसदमा विशेष समय लिएर बोल्दै देउवाले फ्रान्समा कार्यकारी राष्ट्रपतिले भेट नै नदिएको र बेलायतमा कुनै सम्झौता नभएको भन्दै भ्रमण असफल भएको बताए । आफू प्राधनमन्त्री हुँदा बेलायत गएको र भूर्वू गोर्खा सैनिकको पेन्सन बढाउने सहमति गरेको स्मरण […]

मोरङमा दैनिक २ सडक दुर्घटना, चालक र चौपाया मुख्य कारण

४ असार, विराटनगर । मोरङको सवारी दुर्घटना दर बढ्दै गएको छ । दुर्घटना न्यूनीकरणका लागि नियमिति चेकजाँचका साथै जनचेतना कार्यक्रम सञ्चालन गरिए पनि ती प्रभावहीन देखिएका छन् । २०७२ मा जिल्लाभित्र भएका सवारी दुर्घटनामा ५४ को मृत्यु भएको थियो । त्यसयता यो दर घट्नुको साटो निरन्तर उकालो लाग्दै गएको छ । प्रहरीको तथ्यांक अनुसार, त्यसयता […]

पानी अभावले चेन्नाईका होटल-रेष्टुराँ बन्द, स्थानीय भन्छन्- अब वर्षाले मात्र बचाउन सक्छ

४ असार, काठमाडौं । भारतमा जनसंख्याको हिसाबले छैठौं ठूलो शहर चेन्नाईमा पानीको चरम अभाव भएको छ । पानी अभावका कारण रेष्टुराँहरु बन्द गरिएको छ । रेलवे स्टेशनलाई वातानुकुलित बनाउन छाडिएको छ । कतिपय कार्यालयहरुले आफ्ना कर्मचारीहरुलाई घरमै बसेर काम गर्न भनेका छन् । सरकारी अधिकारीहरुले भनेका छन्- पानीका स्रोतहरु सबै सुकेका छन् । अब वर्षाले […]

तीनथरी ट्याक्सी गुडाउन प्रस्तावः नर्मल, डिलक्स र सुपर डिलक्स

४ असार, काठमाडौं । नेपालको ट्याक्सी सेवाबारे धेरै जनगुनासो सुनिन्छन् । ट्याक्सी चालकले ठग्नेदेखि ट्याक्सीहरु निकै साँघुरा र अप्ठेरा भएको विषयमा पनि यात्रुको असन्तुष्टि हुन्छ । यात्रुले महँगो रकम तिरेर चढ्ने सवारीसाधन पनि सुविधायुक्त नभएपछि सरकारले अब ट्याक्सीमा नयाँ मापदण्ड कायम गर्न लागेको छ । हाल अलिकति धेरै सामान लिएर यात्रा गर्न सास्ती छ, किनभने […]