Comments Add Comment

राष्ट्रिय समाचार

List Grid
याङ्की यल्मो : दार्जीलिङकी रकिङ लेडी

२ मंसिर, काठमाडौं । ‘भ्वाइस अफ नेपालको अडिसन सुरु हुन लाग्यो, एकपटक ट्राइ गर ।’ याङकी यल्मोको फेसबुकमा म्यासेज आयो । दार्जिलिङवासी यान्कीलाई यसरी शुभेच्छासहित सन्देश पठाउने को थिए ? थाहा छैन । यद्यपि सन्देश नेपालका कुनै व्यक्तिले पठाएको हुनुपर्छ, जसले याङ्कीको आवाज सुनेका होलान् । यो भ्वाइस अफ नेपालको दोस्रो संस्करण सुरु हुनै लाग्दाको […]

प्रधानमन्त्री निवास अगाडि मिर्गौला पीडितको प्रदर्शन

२ मंसिर, काठमाडौं । मिर्गौला पीडितहरुले निःशुल्क हेमोडायलासिसलगायतको सुविधा उपलब्ध गराउन माग गर्दै बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिक प्रदर्शन गरेका छन् । १४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका पीडितहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने कोसिस गरेका थिए, तर समय नदिएको भन्दै उनीहरु नाराबाजी गर्दै फर्किएका थिए । सुरक्षाकर्मीहरुले पीडितका केही प्रतिनिधिहरुलाई प्रधानमन्त्री निवासको मूल गेटबाट भित्र […]

प्रधानमन्त्रीको आग्रह : विकास आयोजनाको जग्गामा धेरै मुआब्जा नखोजौं

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास आयोजनाहरुलाई जग्गा दिँदा धेरै मुआब्जा नखोज्न आग्रह गरेका छन् । आफूले कर तिनुपर्दा कमभन्दा कम मूल्य राख्ने र विकास आयोजनाहरुमा बढी रकम खोज्ने प्रवृत्ति त्याग्नुपर्ने उनले बताएका हुन् । सोमबार माथिल्लो त्रिशुली–थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुआब्जाको अनावश्यक विवादका कारण विकास आयोजनाहरु प्रभावित […]

नेपालले बंगलादेशलाई दियो १३९ रनको लक्ष्य

२ मंसिर, काठमाडौं । इमर्जिङ टिम्स एसिया कपमा नेपालले बंगलादेशलाई १३९ रनको लक्ष्य दिएको छ । ढाकामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४४.३ ओभरमा सबै विकेट गुमाएर १३९ रन बनायो । नेपालको सुरुवात औषत रहृयो । कप्तान ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । मल्ल १० रनमा आउट […]

तनहुँको व्यास नगरपालिकामा चितुवाको बच्चा मृत भेटियो

२ मंसिर, तनहुँ । जिल्लाको व्यास नगरपालिकामा चितुवाको एउटा बच्चा मृत फेला परेको छ । नगरपालिकाको वडा नं. ७ स्थित साखुलीमा रहेको लोक कल्याणकारी सामुदायिक वनमा अन्दाजी २ वर्षको चितुवाको बच्चा सोमबार बिहान फेला परेको हो । मृत चितुवाको बच्चा अन्दाजी १० केजीको छ । पेट फुटेको र घाउचोट लागेको अवस्थामा भेटिएको चितुवाको बच्चालाई भाले […]

तनहुँमा चितुवा आतंक- सम्साँझै गाउँ सुनसान

२ मंसिर, तनहुँ । तनहुँको भानु नगरपालिका वडा नम्बर २ का दशरथ कुमाल साँझ पर्नेवित्तिकै घरको ढोका लगाउँछन् । नजिकको डाँडामाथि घाम पुगेपछि एक प्रकारको त्रास र सन्नाटा फैलिन्छ उनको मनमा । उनको घरमा सात र दुई वर्षका नातिनीहरु छन् । उनीहरुलाई चितुवाबाट कसरी जोगाउने भन्ने चिन्ताले पिरोल्ने गरेको उनको दुःखेसो छ । ‘हिजोआज दिन […]

एनजीओको जागिर छाडेर पोखरेल बने ‘बाख्रा दाइ’

२ मंसिर, गोरखा । गोरखा भीमसेन थापा गाउँपालिका ४ धावाका तारा पोखरेलको परिचय नै ‘बाख्रा दाइ’ बनेको छ । गैरसरकारी संस्थाको जागिरे छँदै गाउँमा बाख्रापालनको अभियान सुरु गरेका उनले अहिले २० वर्षको जागिरे यात्रा टुंग्याएर पूर्णकालीन बाख्रापालक बनेका छन् । उनको उद्देश्य बाख्रा पाल्ने मात्र होइन, बाख्रासँग जोडिएका विविधि क्षेत्रलाई एकमुष्ट आम्दानीको स्रोत बनाउने हो […]

नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्रको डान्स (भिडियोसहित)

२ मंसिर, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित नाइट क्लबमा पुगेका छन् । परिवारका सदस्यसहित एलओडी नामक नाइट क्लबमा पुगेका उनी त्यहाँ सहभागीहरुको हात समाउँदै नाचेका छन् । नाच्दानाच्दै उनले कोट फुकाल्छन् । सहभागीहरुलाई अंगालो हाल्छन्, सेल्फी खिच्छन् र रमाइलो गर्न हौस्याउँछन् । पूर्वराजा ज्ञानेन्द्र, बुहारी हिमानी, छोरी प्रेरणा नाइट क्लबमा देखिन्छन् । हिमानी शाहले […]

पाँच बर्षभित्रै निजगढबाट जहाज उड्छ : मन्त्री भट्टराई

१ मंसिर, निजगढ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बारामा बन्न लागेको निजगढ अन्तराष्ट्रिय बिमानस्थलमा पाँच बर्षभित्रै जहाज उडाउने गरी काम अगाडि बढाइने प्रतिबद्धता जनाएका छन् । सरोकारवाला निकायहरुसँग बाराको कोल्हबीमा आइतबार भएको छलफलका क्रममा मन्त्री भट्टराईले बिमान स्थल बन्दैन कि भन्ने शंका नगर्न स्थानीयलाई आग्रह गरे । निजगढ बाहेक अन्यत्र बिकल्प नरहेको […]

द्रुतमार्ग निर्माणको ड्रोनमार्फत निगरानी गर्दै सेना

१ मंसिर, काठमाडौं । नेपाली सेनालेनिजगढ–काठमाडौं द्रुतमार्ग निर्माणको निगरानीका लागि ड्रोनको प्रयोग गर्ने भएको छ । द्रुतमार्गको परामर्शदाता छनोटको मूल्यांकन मापदण्ड समयअगावै बाहिरिएको पुष्टि भएपछि सेनाले निगरानीलाई थप प्रभावकारी बनाउन लागेको हो । सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयकाअनुसार अब द्रुतमार्गको निगरानीका लागि ड्रोनसहितका अत्याधुनिक प्रविधि समेत प्रयोग गरिनेछ । निर्देशनालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘द्रुतमार्ग […]

भारतलाई प्रधानमन्त्रीको आग्रह : कालापानीबाट सेना फिर्ता लैजाऊ

१ मंसिर, कामाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक इन्च नेपाली भूमि पनि मिच्न नदिने भन्दै कालापानी क्षेत्रबाट आफ्नो सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । हालसालै भारतले जारी गरेको राजनीतिक नक्साबारे प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाट पहिलो पटक बोलेका हुन् । भारतीय नक्साको नेपालमा सबैले विरोध गरेका छन् र दुई साता अघि प्रधानमन्त्री ओली […]

नेकपा शीर्ष नेताको ठहर : एनजीओ ब्राण्डको नागरिक समाज चाहिँदैन

१ मंसिर, काठमाडौं । कुनै बेला एक अर्काविरुद्ध सडक कब्जा गर्ने युवा संघ र वाईसीएलका नेताहरु आइतबार एउटै मञ्चमा एउटै ब्यानरमुनि थिए । नेकपा एकीकरणपछि बनेको राष्ट्रिय युवा संघको एकता भेलामा उपस्थित थिए प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलसहितका नेता । युवालाई उत्साहित पार्दै शीर्ष नेताले पार्टी र […]

कालापानी नेपालको भूभाग हो : नेता नेपाल   

१ मंसिर, काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कालापानी लगायतको भूमि नेपालको रहेको भन्नेमा कुनै दुविधा नरहेको बताएका छन् । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कालापानी क्षेत्र नेपालको भएको उनले बताए । “सरकारले यो विषयलाई स्पष्ट पारिसकेको छ । अब कूटनीतिक पहल गरी तत्काल नेपाली भूमि फिर्ता ल्याउनुपर्छ”, नेता नेपालले भने […]

सडक दुर्घटनामा मृत्यु भएकाको सम्झनामा दिप प्रज्वलन

१ मंसिर, काठमाडौं । सडक दुर्घटनामा मृत्यु  भएकाहरुको सम्झनामा काठमाडौंमा मैनवत्ती प्रज्वलन गरिएको छ । आइतबार साँझ माइतीघरमा भेला भएका सर्वसाधारणले सडक यातायात दुर्घटनामा मृत्यु भएकाहरुको सम्झनामा विश्व सम्झना दिवसको अवसर पारेर दिप प्रज्वलन गरेका हुन् ।  

संघीयताले मुलुक बलियो बनाउँछ : मुख्यमन्त्री पोखरेल

१ मंसिर, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश बलियो नभए संघीयता नै नहुने बताएका छन् । ‘प्रदेशको ढाँचा र अधिकार हुँदै नभए त्यो संघीयता नै होइन,’ बुद्ध जन्मस्थलीमा लुम्बिनी न्युज फेस्टिवल २०७६ को उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेल भने, ‘संघीयताले नै मुलुक बलियो बनाउँछ ।’ संघीयताको बिषयमा मुलुकमा अझैपनि गलत सन्देश दिने कोशिष […]

पर्साको पर्यटन प्रवर्द्धनका लागि पर्सा राष्ट्रिय निकुञ्जसँग सहकार्य गरिने

१ मंसिर, वीरगञ्ज । भ्रमण वर्ष २०२० नजिकिँदै गर्दा पर्सा जिल्लाको पर्यटन प्रवर्द्धनका लागि अझै जिम्मेवार भएर लाग्ने प्रतिवद्धता सरोकारवालाले गरेका छन् । होटल तथा पर्यटन व्यवसायी र पर्यटन पत्रकार संघ वीरगञ्जले संयुक्त रुपमा आयोजना गरेको अवलोकन भ्रमणका क्रममा सरोकारवालाले त्यस्तो बताएका हुन् । पर्सा जिल्ला र आसपासका क्षेत्रको धार्मिक, ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका […]

तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

१ मंसिर, काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा मारको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको छ । त्यसक्रममा आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन मेडिकल कलेज, चितवनमा छापा मारिएको स्रोतले बताएको छ । […]

मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी

१ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । सम्भवत साेमबार नै मन्त्रिपरिषद् पुनर्गठन हुनेछ । आइतबार साँझ बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भएको थियो । तर कुन-कुन मन्त्रीलाई हटाउने र कसलाई जिम्मेवारी दिने भन्ने कुनै छलफल भएन । सचिवालयका एक सदस्य भन्छन्, ‘नामहरु […]

नेकपा प्रवास समन्वय कमिटीको इञ्चार्जमा पाण्डे, अध्यक्षमा चौलागाईं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रवास समन्वय कमिटीको टुंगो लगाएको छ । आइतबार बसेको सचिवालयको बैठकले इञ्चार्ज, सह-इञ्चार्ज, अध्यक्ष र सचिवको टुंगो लगाएको  हो । बैठके इञ्चार्जको जिम्मा विन्दा पाण्डेलाई दिएको छ भने सहइञ्चार्जको जिम्मेवारी लक्ष्मण पन्तलाई दिएको छ । यस्तै, अध्यक्षमा युवराज चौलागाईं र सचिवमा श्रीप्रसाद साह र तील विश्वकर्मालाई सदस्यमा चयन गरेको […]

चिन्नुहोस् १५ उत्कृष्ट करदाता, कुन विधामा कसले मारे बाजी ?

१ मंसिर, काठमाडौं । सरकारले गत आर्थिक वर्ष ०७५/७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरुलाई सम्मान गरेको छ । आठौं कर दिवसको अवसरमा आइतबार बिहान आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. युवराज खतिवडाले १५ विधामा उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् । सरकारले हरेक वर्ष उत्कृष्ट करदातालाई विधागत रुपमा सम्मान गर्ने गरको छ । यो […]

सिद्धार्थ राणा : चर्चा नचाहने ठूला करदाता

१ मंसिर, काठमाडौं । आइतबार आयोजित कर दिवसको कार्यक्रममा सर्वाधिक आयकर तिर्ने करदाताको नाम घोषणा हुनु अगावै सहभागी सबैको दिमागमा आइसकेको थियो एउटा नाम– सिद्धार्थ शम्शेर राणा । नभन्दै उनले लगातार पाचौंपटक (हालसम्म छैटौंं) सर्वोत्कृष्ट व्यक्तिगत करदाताको सम्मान पाए । यद्यपि, कार्यक्रममा राणाको उपस्थिति भने थिएन । उनको तर्फबाट सिप्रदी ट्रेडिङका निर्देशक शम्भु दाहाल सम्मान […]