Comments Add Comment

राष्ट्रिय समाचार

List Grid
नेपालबाट भारत लगिन्छन् अक्सिजन सिलिण्डर, ३ जना पक्राउ

२१ वैशाख, जनकपुरधाम । भारततर्फ अक्सिजनको सिलिण्डर तस्करी गरेको आरोपमा प्रहरीले मंगलबार महोत्तरीमा तीन जनालाई पक्राउ गरेको छ । प्र २–०२–००१ च ०३१७ नम्बरको गाडीमा ७÷७ किलोको २ थान भरिएको अक्सिजन सिलिण्डर लैजाँदै गर्दा प्रहरीले जलेश्वर नगरपालिका १२ थरुवाहीबाट उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुरधाम उप–महानगरपालिका ७ बस्ने ३६ बर्षीय जमरुदिन राईन, […]

प्रधानमन्त्रीको राजनीतिक आशय राम्रो देखिएन : माओवादी केन्द्र

२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष अधिवेशन बोलाएर विश्वासको मत लिने निर्णयमा पुगेका प्रधानमन्त्रीको राजनीतिक आशय र उद्देश्य राम्रो नदेखिएको बताएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिन आवश्यक ठानेको भन्दै मन्त्रिपरिषद्को सिफारिशमा २७ वैशाखमा संसदको विशेष अधिवेशन आह्वान भएको छ । माओवादी केन्द्रले भने विश्वासको मत लिन विशेष अधिवेशन बोलाउने कदम संविधानको […]

उपत्यकाको निषेधाज्ञा २९ गतेसम्म लम्बियो, पसल बिहान ९ बजेसम्म मात्र खोल्न पाइने

२१ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने  र थप कडाइ गर्ने निर्णय गरेको हो । अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर विहान ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ । यसअघि खाद्य सामग्रीको पसल विहान ६ […]

कोरोना संक्रमणबाट एकै दिनमा ५५ जनाको मृत्यु

२१ वैशाख, काठमाडौं । वैशाख यता कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या निरन्तर उकालो लागेको छ । मंगलबार अहिलेसम्मकै धेरै ५५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आइतबार २७ र सोमबार ३७ जनाको मृत्यु भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१७ पुगेको छ […]

पहिले प्रधानमन्त्रीको भविष्य हेर्न चाहन्छन् मुख्यमन्त्री गुरुङ

२१ वैशाख, पोखरा । अविश्वासको प्रस्तावबारे छलफल गर्न बोलाइएको गण्डकी प्रदेशको प्रदेशसभाको विशेष अधिवेशन अनिश्चित बनेको छ । मंगलबार बसेको सर्वदलीय बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायतका विपक्षी दलले अविश्वास प्रस्तावलाई यसै हप्ता टुंगोमा पुर्‍याउनुपर्ने बताए । तर सत्तारुढ नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ पहिलो हप्ताअघि […]

बाराका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा मृत्यु

२१ वैशाख, वीरगञ्ज । बाराका कोरोना संक्रमित पुरुषको वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ । नेशनल मेडिकल कलेजले बाबा होटलमा सञ्चालन गरेको कोरोना अस्पतालमा फेटा गाउँपालिका–२ बिनौली बस्ने ३५ वर्षीय पुरुषको मंगलबार दिउँसो २ बजे मृत्यु भएको हो । योसँगै नयाँ भेरियन्टको कोरोना संक्रमणबाट बारामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । स्वास्थ्यमा समस्या आएपछि […]

युवकको हत्या आरोपमा पत्नी र भाइ पक्राउ

२१ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा युवकको हत्या आरोपमा पत्नी र भाइसहित चार जना पक्राउ परेका छन् । गत शुक्रबार राति हंसपुर नगरपालिका–६ टिल्हीका २५ वर्षीय शम्भु मण्डलको हत्या भएको थियो । हत्या आरोपमा उनकै पत्नी २३ बर्षीया सुशीला देवी, भाइ अनिल मण्डल र अरु दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । शम्भु […]

सर्लाहीमा ज्वरो र रुघाखोकी लागेका ४ जनाको मृत्यु

२१ वैशाख, जनकपुरधाम । सर्लाहीको एउटै गाउँ ज्वरो र रुघाखोकी लागेका चार जनाको मृत्यु भएको छ । भारतीय सीमासँगै जोडिएको बलरा नगरपालिका–६ मिर्जापुरका चारजनाको ज्वरो र रुघाखोकीकै कारण मृत्यु भएको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिए । प्रमुख सिंहका अनुसार उक्त वडाका ८०, ८५, ४६ र ४५ बर्षका व्यक्तिको शनिबार र आइतबार मृत्यु भएको छ […]

संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकाेमा देउवाको आपत्ति

२१ वैशाख, काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएकाेमा नेपाली कांग्रेसले विरोध जनाएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्‌ (काम कर्तव्‍य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्‍यादेश, २०७८ सहितका ७ वटा अध्यादेश जारी गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर संसदको बजेट अधिवेशन बोलाउन ढिला भैरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत […]

रुपन्देहीमा एकै दिन थपिए ७९७ संक्रमित

२१ वैशाख, बुटवल । रुपन्देहीमा एकै दिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा ७९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये बुटवल उपमहानगरपालिकाका मात्र ३३२ जना छन् । यस्तै तिलोत्तमाका १५८ जना, सिद्धार्थनगरका १०८ जना, देवदहका ४२ जना, शुद्धोधनका ५७ जना र सैनामैनाका ३५ […]

सर्लाहीमा छिमेकीले आगो लगाएका घाइतेको मृत्यु

२१ वैशाख, जनकपुरधाम । सर्लाहीमा छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा घाइते भएका एक व्यक्तिको उपचारका क्रममा भएको छ । ईश्वरपुर नगरपालिका–घारिबथान निवासी शियाशरण रायलाई छिमेकीले पेट्रोल छर्केर आगो लगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । ५८ बर्षीय रायलाई छिमेकी ३५ वर्षीय शिवजी साहले पेट्रोल छर्केर सोमबार बिहान आगो लगाएका वडाध्यक्ष नागेन्द्रकुमार पाख्रिनले जानकारी दिए । […]

उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा ढकाल नियुक्त

२१ वैशाख, काठमाडौं । उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा जानुका ढकाल नियुक्त भएकी छिन् । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ढकाललाई विकास आयुक्त नियुक्त गरेको हो । झापा घर भएकी ढकाल नवनारी मासिककी  सम्पादक हुन् । शहरी विकास मन्त्रालयबाट उनले नियुक्तिपत्र बुझेकी छिन् । विकास आयुक्तका लागि चैत १२ गते सरकारले दरखास्त मागेको थियो । जसमा […]

यी हुन् ५०० भन्दा बढी सक्रिय संक्रमित भएका २० जिल्ला

२१ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारसम्म २० जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा बढी रहेको जनाएको छ । प्रदेश १ का ३, प्रदेश २ का २, बागमती प्रदेश र लुम्बिनी प्रदेशका ६/६ तथा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १/१ जिल्ला गरी २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेको […]

विश्वासको मतमा प्रधानमन्त्रीलाई फेल गराउने कांग्रेसको निर्णय

२१ वैशाख, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत लिन संसदमा आउँदा फेल गराउन पहल गर्ने निर्णय गरेको छ । कांग्रेस पदाधिकारीहरुको मंगलबार बसेको बैठकले त्यसका लागि दलहरुसँग पहिला छलफल गर्ने निर्णय गरेको छ । बजेट अधिवेशन बोलाउन ढिला भएको र कोभिडलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने बेला विश्वासको मत लिनकै […]

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने

२१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । ‘समर्थन फिर्ताको औपचारिकता दिने निर्णय भएको हो । समर्थन त हाम्रो पहिले पनि थिएन’, स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने । बुधबारदेखि समर्थन फिर्ता […]

संक्रमितलाई बेड खोज्न सघाउने कोभिड कनेक्ट नेपाल

२१ वैशाख, काठमाडौं । दाङ उपमहानगरपालिकाका शिक्षा सल्लाहकार शिशिर खनालले एक बुज्रुकका लागि आईसीयू आवश्यक परेको तर दाङ र नेपालगञ्जमा नपाइएकाले काठमाडौंमा खोजिरहे पनि नपाइएकाले सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरे । उनको यो पोस्टमा धेरैले कमेन्टमा लेखे– कोभिड कनेक्सन नेपाललाई सम्पर्क गर्नुस् । कोरोना महामारीको दोस्रो लहर देशभर तीव्र रुपमा फैलिंदै गएपछि केही दिनयता सामाजिक […]

बैतडी जीप दुर्घटना : मृत्यु हुनेको संख्या पाँच पुग्यो

२१ वैशाख, डोटी । बैतडीमा वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेका संख्या पाँच पुगेको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका जीपचालक दशरथचन्द नगरपालिका–४ का ४५ वर्षीय तेजबहादुर बोहराको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । उक्त दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ […]

एकै दिन ७ हजार ६६० जनामा संक्रमण पुष्टि

२१ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मंगलबार एकै दिन ५५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिउँसो सार्वजनिक गरेको पछिल्लो २४ घण्टाको विवरणमा मृत्यु हुनेको संख्या ५५ उल्लेख गरिएको छ । यो सोमबार मृत्यु हुनेको संख्या भन्दा १८ जना बढी हो । यसअघि सोमबार ३७ जना र आइतबार २७ जनाको मृत्यु […]

काठमाडौं उपत्यकामा तीन हजार ८९३ कोरोना संक्रमित थपिए

२१ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एकै दिन ३ हजार ८९३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका २ हजार ७७९, ललितपुरका ५१३ र भक्तपुरका ६०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा देशभर ७ हजार ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ […]

पूर्वरानी कोमल शाहको आईसीयूमा उपचार हुँदै, स्वास्थ्यमा सुधार

२१ वैशाख, काठमाडौं । कोरोना संक्रमण भई उपचाररत पूर्वरानी कोमल शाहको अवस्था सुधार भइरहेको उनी उपचाररत नर्भिक अस्पतालले जानकारी दिएको छ । ११ दिनअघि अस्पताल भर्ना भएकी उनलाई बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो । ‘उहाँको हाल आईसीयूमै राखेर उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्थामा क्रमिक र दैनिक रुपमा सुधार भइरहेको छ’ अस्पतालले […]

संक्रमितले क्याविन रोजे दैनिक शुल्क ३० हजार रूपैयाँसम्म !

२१ वैशाख, काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलले ५०० शय्याको कोभिड–१९ केयर युनिट सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालय र अस्पतालबीच कोभिड केयर युनिट सञ्चालनसम्बन्धी सहमति भएको छ । सहमतिअनुसार सिनामंगलमा १५५ बेड तयार भएको छ । दुवाकोटमा ३०० बेड र बाँकी पिपुल्समा सञ्चालनन गर्ने तयारी भइरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले […]