+
+
Shares

शशांक कोइरालाले भने- गगन थापालाई गाली नगरौं, उनको आफैं महत्त्व घट्छ

कोइरालाले प्रश्न गर्दै भने, ‘तपाईं जति गाली गर्नु हुन्छ, त्यत्ति महत्व उसको बढ्छ । त्यसैले उसको कुरै नगरौं । किन भने कुरा गर्‍यो भने उसको महत्व बढ्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २१ गते १८:०८

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा समूहद्वारा गठित १५औं नियमित महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले सभापति गगन थापाको महत्व बढाउने काम नगर्न आग्रह गरेका छन् ।

देउवा समूहले शनिबार राष्ट्रिय सभागृहमा आयोजना गरेको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सभापति थापालाई गाली गरेर महत्व महत्व नबढाउन आग्रह गरेका हुन् ।

‘अरुलाई कुरुप हेरेर आफू सुन्दर हुँदैन । हामीले गगन थापाजीलाई किन यति महत्व दिन्छौं ?,’ संयोजक कोइरालाले प्रश्न गर्दै भने, ‘तपाईं जति गाली गर्नु हुन्छ, त्यत्ति महत्व उसको बढ्छ । त्यसैले उसको कुरै नगरौं । किन भने कुरा गर्‍यो भने उसको महत्व बढ्छ ।’

चलचित्रमा नायकले भिलेनसँग कारकाट गरेको दृष्य स्मरण गर्दै उनले देउवा पक्षीय नेता–कार्यकर्ताहरूले थापालाई भिलेनका रुपमा देखेको टिप्पणी पनि गरे । थापा नभएर भिलेन गरिबी, अशिक्षा, बेरोजगारी भएको कोइरालाको भनाइ थियो ।

‘हामी पनि कोही भिलेन खोजी रहेका छौं, त्यो भिलेन हामीले गगन थापालाई देख्यौं,’ संयोजक कोइरालाले भने, ‘तर, त्यो हाम्रो भिलेन होइन । हाम्रो भिलेन भनेको यहाँको गरिबी, अशिक्षा, बेरोजगारी हो ।’

संयोजक कोइरालाले आसन्न १५औं महाधिवशेनलाई अत्यन्त महत्वपूर्ण भन्दै सबैले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए ।

‘अधिवेशनले भविश्यलाई उजागर गर्छ । त्यसैले हाम्रो इतहिासमा अधिवेशन अत्यन्त महत्वपूर्ण कडी हो,’ उनले भने, ‘यो १५औं महाधिवशेन भनेको अत्यन्त महत्वपूर्ण हो । यसलाई हामीले गम्भीरतापूर्वक लिनुपर्दछ ।’

संयोजक कोइरालाले जिल्ला अधिवेशनमा देखिएको उपस्थितिले आफूले कार्यक्रम सफल भएको मानेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?