+
+
Shares

बाढी प्रभावितको उद्धार र राहतमा प्राथमिकताका साथ काम गर्न शशांकको आग्रह  

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १० गते १२:५६

१० भदौ, काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले बाढी प्रभावितको खोज, उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका अघि बढाउन सरकारसँग आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत डा. कोइरालाले भोटेकोशी हुँदै त्रिशूली नदीमा पानीको बहाव निरन्तर बढिरहेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन जिल्लाका नदी तटीय र जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले विशेष सावधानी अपनाउन पनि आग्रह गरेका छन् ।

उनले गम्भीर प्राकृतिक विपत्तिको अवस्थामा प्रभावित क्षेत्रका सम्पूर्ण नागरिकहरूलाई उच्च सतर्कता अपनाई सुरक्षित रहन हार्दिक आग्रह गरेका छन् ।

उनले संकटको यस घडीमा नागरिकको जीवनरक्षा नै सबैभन्दा ठूलो प्राथमिकता भएको उल्लेख गर्दै संयमित, सचेत र सुरक्षित रहेर एकअर्कालाई सहयोग गरि मानवीय एकताको परिचय दिन अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?