News Summary
Generated by OK AI. Editorially reviewed.- बाढी पहिरोको परिस्थितिका कारण प्रतिनिधिसभाको बिहीबार बिहान १ बजे तय बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
- सभामुख डोलप्रसाद अर्यालले बुधबारको बैठक सकाउँदै बिहीबार बिहान १ बजेका लागि बैठक राख्नुभएको थियो ।
- सूचनामा सरकार र सभाका सदस्य राहत तथा उद्धार कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक बस्न नसकेको उल्लेख गरिएको छ ।
१० भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
बुधबारको बैठक सकाउँदै सभामुख डोलप्रसाद अर्यालले बिहीबार बिहान १ बजेका लागि बैठक राखेका थिए ।
तर पछि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको सूचना आएको छ ।
हालैको बाढी पहिरोबाट उत्पन्न परिस्थितिमा सरकारका साथसाथै सभाका सदस्यहरू समेत राहत तथा उद्धार लगायतका कार्यमा संलग्न हुनुपर्ने भएको कारण निर्धारित मिति र समयमा बस्न नसक्ने भएकोले अर्को सूचना नभएसम्मको लागि बैठक स्थगित गरिएको सूचना प्रकाशित गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4