+
+
Shares

तस्वीरमा हेर्नुहोस् हिमालयन आर्ट फेस्टिभल

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १८:४८

७ भदौ, काठमाडौं । १५२ भन्दा बढी समकालीन नेपाली कलाकार समेटिएको हिमालयन आर्ट फेस्टिभल २०२६ चलिरहेको छ । नेपाल कला परिषदमा नवौं संस्करणको हिमालयन आर्ट फेस्टिभल २०२६ चलिरहेको हो ।

ई-आर्ट्स नेपालको आयोजनामा सुरु भएको यो प्रदर्शनी गए शुक्रबारदेखि सुरु भएको भयो । यसमा चित्रकला, मूर्तिकला, पौभादेखि विभिन्न शैलीका कला प्रदर्शनीमा राखिएको छ । यस प्रदर्शनीले नेपाली कला क्षेत्रमा संस्थागत तथा व्यावसायिक लगानी प्रवर्धन गर्ने लक्ष्य राखिएको बताइएको छ ।

त्यस्तै प्रदर्शनीले नेपाली कलाका विविध अभ्यास बुझ्न, अवलोकन गर्न र कलाकारहरूसँग प्रत्यक्ष जोडिन उपयुक्त मञ्चको भूमिका खेल्ने आयोजकले जनाएको छ ।

यसका साथै प्रदर्शनीको उपलक्ष्यमा आयोजकले नेपाली कला क्षेत्रमा लामो समयदेखि योगदान दिएका वरिष्ठ कलाकार गोपाल वैद्यलाई सम्मान गर्ने भएको छ । उनलाई ‘अनर टु द मेस्ट्रो’ सम्मान प्रदान गर्न लागिएको हो ।

प्रदर्शनी आर्ट विथ पोयट्री, रञ्जन लिपी कार्यशाला जस्ता गतिविधि पनि हुने छन् । प्रदर्शनी ११ भदौसम्म चल्ने छ ।

तस्वीर : चन्द्र बहादुर आले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?