News Summary
Generated by OK AI. Editorially reviewed.- गिनीको राजधानी कोनाक्रीको डार-एस-सलाम क्षेत्रमा भारी वर्षापछि फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु र २२ जना घाइते भएका छन्।
- घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र मलबेमुनि अझै मानिसहरू पुरिएको आशंका गर्दै उद्धार कार्य जारी छ।
- गिनी सरकारले सेनासहित सुरक्षाकर्मीहरू तैनाथ गरेको छ, र प्रधानमन्त्री अमादौ ओउरी बाले घटनास्थलको निरीक्षण गर्नुभएको छ।
८ भदौ, काठमाडौं । गिनीको राजधानी कोनाक्रीमा भारी वर्षापछि फोहोरको थुप्रो खसेर नजिकैका घरहरू पुरिँदा ३० जनाको मृत्यु भएको छ। घटनामा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ६जनाको अवस्था गम्भीर छ।
यो दुर्घटना शहरको डार-एस-सलाम क्षेत्रमा स्थानीय समय अनुसार राति करिब दुई बजे भएको हो। गिनी सरकारका अनुसार भारी वर्षापछि फोहोरको ठूलो थुप्रो अचानक ढलेको थियो। मलबेमा अझै धेरै मानिसहरू पुरिएको आशंका गरिएको छ।
सरकारले राहत र उद्धार कार्यका लागि सेनासहित ठूलो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरेको छ।
स्थानीय मिडियासँग कुरा गर्दै एक महिलाले भनिन्, “मेरा पाँच जना बालबालिकाको मृत्यु भयो।” अधिकारीहरूले मलबेमुनि अझै मानिसहरू दबिएका हुन सक्ने र मृतकको संख्या बढ्न सक्ने आशंका गरेका छन्।
गिनीका प्रधानमन्त्री अमादौ ओउरी बाले घट्नास्थलको भ्रमण गरेर स्थिति अवलोकन गरे।
यसअघि स्थानीय नेता लांसिने सिलाले समाचार एजेन्सी एएफपीलाई भनेका थिए, “दूर्घटनामा ठूलो संख्यामा मानिसहरू हताहत भएको हुन सक्ने आशंका छ।”
उनले अहिलेसम्म १८ वटा शव निकालेर शवगृह पठाइएको बताए।
प्रतिक्रिया 4