Comments Add Comment

सूचना प्रविधि

List Grid
३२ मेगापिक्सेलको सेल्फी क्यामरा भएको सामसुङको नयाँ फोन, यस्ता छन् फिचर

सामसुङले आफ्नो एम सिरिजको नयाँ स्मार्टफोन लञ्च गरेको छ । युरोपेली मुलुक पोल्याण्डमा सामसुङले ग्यालेक्सी एम-५२ स्मार्टफोन सार्वजनिक गरेको छ । यो फाइभ जी फोनमा १२० हर्जको एमोलेड डिस्प्लेका साथै तिनवटा मुख्य क्यामरा (ट्रिपल रियर क्यामरा सेटअप) रहेका छन् । सामसुङको वेबसाइट अनुसार Galaxy M52 5G छन् फोन कालो, सेतो र निलो गरी तीनवटा रङमा […]

एक क्लिकमै यसरी हटाउनुहोस् फोनबाट दोहोरिएका सम्पर्क नम्बर

हामीले प्रायः केही वर्ष चलाएर पुरानो मोबाइल फोनको साटो नयाँ मोबाइल फोन प्रयोग गर्ने गर्दछौँ । कतिपय मानिस त हरेक वर्ष नै नयाँ नयाँ मोबाइल फेर्ने गर्दछन् । नयाँ मोबाइल चलाउन थालेसँगै फोनमा सुरक्षित गरिने फोन नम्बरहरु पनि निरन्तर अद्यावधिक भैरहेका हुन्छन् । कतिपय नम्बरहरु छुट्ने र कतिपय नम्बरहरु थपिने हुन्छन् । केही नम्बरहरु त […]

सबै फोनमा एउटै चार्जर राख्ने ईयूको प्रस्ताव

८ असोज, काठमाडौं । युरोपेली कमिसनले फोन निर्माताहरुलाई एकै किसिमको चार्जर लाग्ने फोन निर्माणको लागि निर्देशन दिने प्रस्ताव गरेको छ । उपभोक्तालाई पुरानै चार्जर प्रयोगमा प्रेरित गर्दै विद्युतीय फोहोर कम गर्ने उद्देश्यका साथमा यस्तो योजना अघि सारिएको हो । यद्यपि आईफोन निर्माता एप्पलले भने यो कदमले नयाँ आविष्कारमा नकारात्मक असर गर्न सक्ने चेतावनी दिएको छ […]

अब मन परेको ट्वीटेलाई बिटक्वाइनबाट बक्सिस दिन सकिने

काठमाडौं । माइक्रो ब्लगिङ साइट ट्वीटरले प्रयोगकर्ताका लागि टिपिङ फिचर सुरु गरेको छ । जस अनुसार प्रयोगकर्ताहरुले अब आफूले चाहेको अर्को ट्वीटर प्रयोगकर्तालाई टिप अर्थात् बक्सिस दिन सक्नेछन् र त्यस्तो टिप बिटक्वाइनबाट भुक्तानी गर्न सकिनेछ । ट्वीटरको यो घोषणासँगै ट्वीटरमा सिर्जना पस्किने अर्थात् कन्टेन्ट क्रियटर्सलाई निकै फाइदा हुने अपेक्षा गरिएको छ ट्वीटरले केही महिनादेखि टिपिङ […]

फेसबुकले भन्यो– प्रयोगकर्ताको सुरक्षामा १३ अर्ब डलर खर्च भयो

काठमाडौं । सन् २०१६ यता प्लाटफर्मलाई सुरक्षित तथा प्रयोगकर्तामैत्री बनाउनका लागि फेसबुकले १३ अर्ब डलर खर्च गरेको छ । पछिल्लो ५ वर्षमा सेफ्टी र सेक्योरिटीका विभिन्न कार्यहरु गर्न १३ अर्ब डलर रकम लगानी गरिएको फेसबुकको दाबी छ । सोसल मिडिया प्लाटफर्मको खराब असरलाई निस्तेज पार्न फेसबुक असफल भएको भन्ने अनुसन्धानात्मक रिपोर्ट प्रकाशित भएसँगै फेसबुकले मंगलबार […]

अमेजनले लगायो ६०० चाइनिज ब्राण्डमाथि प्रतिबन्ध

विश्वको सबैभन्दा ठूलो इ कमर्श प्लाटर्फम अमेजनले ६ ०० वटा चिनियाँ ब्राण्डका सामानहरुमाथि प्रतिबन्ध लगाएको छ । अमेजनको नियम उल्लंघन गरेको आरोपमा ती चिनियाँ ब्राण्डमाथि कम्पनीले स्थायी प्रतिबन्ध लगाएको हो । द भर्जमा प्रकाशित समाचार अनुसार अमेजनको रिभ्यू पोलिसी अर्थात् समीक्षा नीतिलाई तोडमोड गरेको भन्दै अमेजनले यस्तो कदम चालेको हो । द वालस्ट्रिट जर्नलका अनुसार […]

एक दिनमा ४० मिनेटमात्र टिकटक चलाउन पाइने !

केही समय अगाडि सार्वजनिक एक रिपोर्ट अनुसार विश्वमा प्रयोगकर्ताहरुले सबैभन्दा धेरै समय बिताउने एपको पहिलो स्थानमा टिकटक रहेको छ । विश्वमा अत्यन्तै लोकप्रिय भिडियो शेयरिङ एप टिकटक चीनमा चाहिं डुइनको नामबाट उपलब्ध छ । डुइन चीनमा सर्वाधिक लोकप्रिय एपको रुपमा रहेको छ र यसका प्रयोगकर्ताहरुमा कम उमेरका किशोर किशोरीहरु अत्यधिक छन् । बालबालिकाहरुमा बढेको चिनियाँ […]

ह्वाट्सएपमा यसरी पठाउनुहोस् आफैं हराउने मेसेज

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्रयोगकर्ताहरुका लागि नयाँ नयाँ फिचर ल्याइरहन्छ र त्यसमध्ये हालै थप गरिएको फिचर हो View Once फिचर । स्नापच्याटको सिको गर्दै ह्वाट्सएपले ल्याएको उक्त फिचरको सहायताले ह्वाट्सएप प्रयोगकर्ताले यस्तो फोटो, भिडियो वा कुनै मेसेज पठाउन सक्दछन् जुन प्रापकले केवल एकपटक मात्र हेर्न पाउँदछ । अर्थात् एकपटक हेरिसकेपछि उक्त सामाग्री आफै डिलिट हुन्छ […]

सामसुङलाई टक्कर दिँदै गुगल, फोल्डेबल स्मार्टफोन ल्याउने तयारी

गुगल कम्पनीले केही वर्ष अगाडि नै एक फोल्डेबल अर्थात् स्क्रिन पट्याउन मिल्ने स्मार्टफोन बजारमा ल्याउने संकेत दिएकेा थियो । तर हालसम्म प्रयोगकर्ताहरुले गुगलको फोल्डेबल फोन देख्न पाएका छैनन् । अहिले फेरि गुगलको फोल्डेबल फोनका बारेमा नयाँ जानकारी सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएको जानकारी अनुसार गुगलले यो वर्ष सन् २०२१ को अन्त्यसम्ममा आफ्नो […]

मेक्सिकोस्थित अमेजन गोदामको यो तस्वीर : पुँजीवादी विश्वको यथार्थ चित्र

धेरैका लागि यो तस्वीर पुँजीवादी असमानताको एक आदर्श तस्वीर हो । मेक्सिकोको तिजुआना सहरमा अमेजनको विशाल वितरण केन्द्रको चारैतर्फ रहेको गरिबीको तस्वीर छिमेकको सम्पन्नताको ठ्याक्कै विपरित छ । इन्टरनेट प्रयोगकर्ताको ध्यान यसतर्फ गएको छैन कि कसरी संसारको सबैभन्दा धनी व्यक्तिको तथा पृथ्वीको सबैभन्दा विश्वव्यापी बनेको व्यवसायको रुपमा रहेको अमेजनको नजिकै पनि दुईछाक खानका लागि तड्पिरहेको […]

सामसुङले किन गर्‍यो एप्पलको ट्रोल ?

सामसुङ र एप्पल संसारका सबैभन्दा ठूला दुई प्रविधि कम्पनीहरु मात्र होइनन् एक अर्काका तिव्र प्रतिस्पर्धी पनि हुन् । को भन्दा को कम भन्दै उपभोक्तालाई उत्कृष्ट प्रडक्टहरु उपलब्ध गराउने प्रयास दुबै कम्पनीले गर्दै आएका छन् । हालै एप्पलले आफ्नो नयाँ स्मार्टफोन आइफोन १३ सिरिज एक विशेष समारोह बीच सार्वजनिक गर्‍यो । आइफोन १३ सिरिजका ४ आइफोनमा […]

यी हुन् माउस बिर्साउने विन्डोजका २० महत्वपूर्ण शर्टकट कीहरु

काठमाडौं । कम्प्युटर चलाइरहँदा कुनै काम गर्नका लागि माउसबाट क्लिक गर्दै जानु वा मेन्यूमा नेभिगेट गर्नुको साटो एउटा किबोर्ड शर्टकर्ट कीले काम भ्याउन पाउँदा निकै सजिलो तथा समयको बचत पनि हुन्छ । एकपटक कम्प्युटरमा काम गर्दा दुई/चार पटक शर्टकट की प्रयोग गरेर केही सेकेण्ड वा मिनेट समय बचाउनु खासै ठूलो कुरा लाग्दैन । तर हरेक […]

दूरसञ्चार प्राधिकरण भन्छ-इन्टरनेटको मूल्य बढ्दैन, भाडाको विवाद सुल्झाउनुपर्छ

१ असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तत्काल इन्टरनेट सेवाको मूल्य नबढ्ने बताएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको शुल्क ३ सय रुपैयाँसम्म बढाउने निर्णय गर्दै प्राधिकरणसँग अनुमति मागेका छन् । तर, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल पूर्वाधारको भाडाको विवादको भार र मार उपभोक्तामाथि नपारिने बताउँछन् । ‘जे जति विवाद छन्, त्यसलाई छलफल […]

सेभ नगरिएको वर्ड फाइल कसरी रिकभर गर्ने ?

३१ भदौ, काठमाडौं । कहिलेकाहीँ माइक्रोसफ्ट वर्डमा काम गर्दागर्दै फाइल सेभ गर्न नभ्याउँदै फाइल बन्द हुने, प्रोग्राम क्र्यास हुने, कम्प्युटर एक्कासी बन्द हुने लगायतका समस्याका कारण निकै तनाव हुन्छ । वर्ड फाइलमा निकै धेरै सामाग्री लेखिसकेको अवस्थामा सेभ नगर्दै यसरी हराउँदा सकिसकेको काम पुनः दोहोराएर गर्नुपर्ने अवस्था आउँदछ । तर अलिकति आइडिया लगाउने हो भने […]

युट्युबको गज्जबको फिचर, अब कमेन्टको भाषा अनुवाद गर्न सकिने

युट्युबमा उपलब्ध कतिपय निकै चर्चित तथा रोचक भिडियोहरुको भाषा नबुझे पनि कहिलेकाहीँ त्यसमा लेखिएका कमेन्टहरुले भिडियोको सन्दर्भ र अन्य जानकारीहरु प्राप्त गर्न सहयोग गर्दछ । आफूले बुझ्ने कुनै भाषामा कमेन्ट लेखिएको भए त त्यस्तो सम्भव भयो, तर कमेन्टको भाषा पनि आफूले नबुझ्ने खालको छ भने भिडियो हेर्नुको खासै स्वाद आउँदैन । प्रयोगकर्ताको यहीँ गुनासोलाई मध्यनजर […]

इन्स्टाग्राममा नयाँ फिचर, जो कोहीलाई फेवरेट बनाउन सकिने

फेसबुक स्वामित्वको फोटो शेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचरको परीक्षण गरिरहेको छ । इन्स्टाग्रामको उक्त फिचर आएसँगै प्रयोगकर्ताले आफुले चाहेको जुनसुकै प्रयोगकर्तालाई पनि फेवरेट (favourite) को रुपमा मार्क गर्न सक्नेछन् । यसरी फेवरेट मार्क गरिएको व्यक्तिका इन्स्टाग्राम पोस्टहरु प्रयोगकर्ताको फीडमा पहिला देखिनेछन् । Alessandro Paluzzi नामका एक मोबाइल डेभलपरले सबैभन्दा पहिलो इन्स्टाग्रामको उक्त फिचर देखेको […]

एप्पलले सार्वजनिक गर्‍यो आइफोन १३ सिरिजका ४ आइफोन

काठमाडौं । बहुप्रतिक्षित समारोहका बीच एप्पलले आफ्नो नयाँ संस्करणका आइफोन लगायतका विभिन्न प्रडक्टहरु सार्वजनिक गरेको छ । क्यालिफोर्निया स्ट्रिमिङ नामक उक्त अनलाइन समारोहमा एप्पलले एकसाथ आइफोन १३ सिरिजसँगै आइप्याड २०२१, नयाँ आइप्याड मिनी र एप्पल वाच ७ सिरिज पनि ल्याएको हो । आइफोन १३ सिरिज आइफोन प्रयोगकर्ताहरुको लामो पर्खाइलाई अन्त्य गर्दै एप्पलले आइफोन १३ सिरिज […]

नेपाल टेलिकमको ‘नमस्ते-पे’ सञ्चालनमा

२८ भदौ, काठमाडौं । नेपाल टेलिकमले मंगलबारबारे ‘नमस्ते-पे’ मोबाइल वालेट सुरु गर्ने भएको छ । यसका लागि टेलिकमले गत वर्ष नै राष्ट्रिय वाणिज्य बैंकसँग मिलेर ‘डिजिटल पेमेन्ट्स कम्पनी’ लिमिटेड खोलेको थियो । मोबाइलबाट वित्तीय सेवा दिने गरी पूर्वाधार तयार भएको हो । नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले मंगलबारबाट ‘नमेस्ते पे’सेवाले आधारभूत सेाव सुरु गर्ने […]

ज्याक मा जस्ता उद्योगपतिलाई सबक सिकाएर के गर्न चाहन्छ चीन ?

अलिबाबाका संस्थापक चिनियाँ उद्योगपति ज्याक मा का लागि सबै कुरा ठीकठाक चलिरहेको थियो । उनको कम्पनी अलिबाबाको वित्तीय युनिट ग्रुपो हरमिगा २०२० को नोभेम्बर मा हङकङ तथा सांघाइको शेयर बजारमा सूचीकृत हुने तय भएको थियो । ग्रुपो हरमिगाको मूल्य ३४.४ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको थियो । त्यसलाई अलिबाबाको इतिहासमा कोशेढुंगा सावित हुने सूचीकरण […]

एप्पलको चेतावनी, यसो गर्नुभयो भने बिग्रिनेछ आइफोनको क्यामरा

आइफोन निर्माता कम्पनी एप्पलले आफ्ना प्रयोगकर्ताका लागि एक चेतावनी जारी गरेको छ । एप्पलले उच्च क्षमतायुक्त तथा गतियुक्त मोटरसाइकलमा तीव्र गतिमा यात्रा गरिरहँदा आइफोन प्रयोग नगर्न सल्लाह दिएको छ ।यसो गर्नाले आइफोनको क्यामरामा असर पर्ने र क्यामरा बिग्रिन सक्ने एप्पलको भनाइ छ । आफ्नो सपोर्ट पेजमा एप्पलले उक्त जानकारी प्रकाशित गर्दै भनेको छ कि हाइ […]

आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया शुरु, ११ विधामा ३५० बढीको नोमिनेशन

28 भदौ, काठमाडौं । आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया शुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको लागि विभिन्न ११ विधामा भदौ १५ गतेसम्म अनलाइन नोमिनेशन खुला गरिएको थियो । प्राप्त नोमिनेशनहरूबाट सर्वोत्कृष्ट छनौट गर्नको लागि शुक्रवारदेखि प्रक्रिया अघि बढाइएको छ । आधिकारिक वेबसाइट […]