+
+
Shares

प्राइम भिडियो हेर्दाहेर्दै सामान किन्न मिल्ने अमेजनको नयाँ फिचर

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेजनले प्राइम भिडियोमा भिडियो हेर्दाहेर्दै सीधै सामान खरिद गर्न मिल्ने ‘सप द शो’ र ‘सप द सिन’ फिचर सार्वजनिक गरेको छ।
  • फायर टिभीको रिमोटमा ‘अप’ बटन थिचेर ‘सप’ ट्याब खोल्न सकिने र अमेजन सपिङ एपसँग सिंक हुने गरी खरिद प्रक्रिया सहज बनाइएको छ।
  • ‘सप द सिन’ ६०० भन्दा बढी शीर्षकमा र ‘सप द शो’ ८ हजारभन्दा बढी शो र चलचित्रमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
  • कम्पनीका अनुसार यी नयाँ फिचरहरू हाल अमेरिकाका प्रयोगकर्ताका लागि मात्र उपलब्ध छन्।

२६ भदौ, काठमाडौं । ई–कमर्स कम्पनी अमेजनले आफ्नो स्ट्रिमिङ प्लेटफर्म ‘प्राइम भिडियो’ मा दर्शकले भिडियो हेर्दाहेर्दै सीधै सामान खरिद गर्न मिल्ने गरी नयाँ फिचर सार्वजनिक गरेको छ।

अमेजनको एक्स–रे अनुभवसँग एकीकृत गरी ल्याइएका यी नयाँ प्रविधिमध्ये ‘सप द शो’ र ‘सप द सिन’ फिचर प्रमुख हुन्।

नयाँ अपडेटअनुसार फायर टिभीको रिमोटमा ‘अप’ बटन थिचेर प्लेब्याककै समयमा ‘सप’ ट्याब खोल्न सकिन्छ। यो ट्याबले चलचित्र वा शोमा देखाइएका सामानहरू देखाउँछ र अमेजन सपिङ एपसँग सिंक भएर खरिद प्रक्रियालाई सहज बनाउँछ।

कसरी काम गर्छ सप द सिन र सप द शो ?

‘सप द सिन’ फिचर अमेजन लेन्स प्रविधिमा आधारित छ। यसले चलचित्र वा शोका पात्रहरूले लगाएका पहिरन र दृश्यमा देखिएका वस्तुहरूलाई पहिचान गरी मिल्दो सामान फेला पार्न मद्दत गर्छ। यो फिचर हाल ६०० भन्दा बढी शीर्षकमा उपलब्ध गराइएको छ।

त्यस्तै, ‘सप द शो’ फिचरलाई विस्तार गर्दै अमेजनले अब ८ हजारभन्दा बढी शो र चलचित्रहरूमा उपलब्ध गराएको छ। प्रयोगकर्ताले मोबाइल वा टिभीमार्फत शो वा चलचित्र हेर्दै गर्दा नै तीसँग सम्बन्धित सामानहरू खरिद गर्ने प्रक्रियालाई अझ बढी सहज बनाइएको कम्पनीले जनाएको छ।

स्ट्रिमिङ सेवामार्फत विज्ञापन र एकीकृत सपिङ अनुभव बढाएर आम्दानी वृद्धि गर्ने विश्वव्यापी प्रवृत्तिलाई पछ्याउँदै अमेजनले यो नयाँ कदम चालेको हो।

कम्पनीका अनुसार हाललाई यी नयाँ फिचरहरू अमेरिकाका प्रयोगकर्ताहरूका लागि मात्र उपलब्ध गराइएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?