+
+
Shares

जेनजी आन्दोलनमा सहभागी हुनेलाई जेल हाल्ने भए आह्वान गर्नेलाई पनि थुनौं : अप्सना बानु

‘यदि आन्दोलनमा सहभागी हुनु नै अपराध हो र जेल नै यसको समाधान हो भने सडकमा उत्रनेहरूलाई मात्रै होइन सामाजिक सञ्जालबाट आह्वान गरेका सबैलाई जेल हालौं’ उनले भनिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १३:५७

२६ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अप्सना बानुले जेनजी आन्दोलनमा सहभागी भएकै कारण जेल परेकालाई रिहा गर्न माग गरेकी छन् ।

यो विषय आफूले निरन्तर उठाउँदै आएको भए पनि सुनुवाइ नभएको भन्दै उनले अवरोध हटाउन सबै तयार हुनुपर्ने बताएकी छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेकी हुन् ।

‘यदि आन्दोलनमा सहभागी हुनु नै अपराध हो र जेल नै यसको समाधान हो भने सडकमा उत्रनेहरूलाई मात्रै होइन सामाजिक सञ्जालबाट आह्वान गरेका सबैलाई जेल हालौं’ उनले भनिन् ।

जेनजी आन्दोलनका क्रममा २४ भदौमा सार्वजनिक, निजी र सरकारी सम्पतिमाथि भएको आगजनी र तोडफोड भएको थियो । त्यसमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा आन्दोलनमा सहभागी मात्रै भएकाहरू समेत रहेको भनेर प्रश्न उठ्दै आएको छ ।

सरकारले जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दा अगाडि नबढाउन भनेको छ । तर जेल परेकाहरू रिहा भएका छैनन् । यस सन्दर्भमा सांसद बानुले जेनजी आन्दोलनमा सहभागी हुनेलाई जेल हाल्ने भए सामाजिक सञ्जालबाट आह्वान गर्नेलाई पनि जेल हाल्नुपर्ने तर्क गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?