News Summary
Generated by OK AI. Editorially reviewed.- राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवान पैसा नभएपछि अस्पतालले भर्ना नगरेर फुटपाथमै बच्चा जन्माउन बाध्य भएकी छन्।
- नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले अस्पतालबाट सुत्केरी निकालिनु सरकारको गैरजिम्मेवारीपनको उदाहरण भएको बताइन्।
- संसद्मा अन्य सांसदहरूले सडकमै बच्चा जन्मिँदा संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्यको मौलिक हकबारे प्रश्न उठाएका छन्।
२६ भदौ, काठमाडौं । नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले अस्पतालबाट सुत्केरी निकालिनु दु:खद घटना मात्रै नभएको बताएकी छन् । यो सरकारको गैरजिम्मेवारीपनको उदाहरण भएको उनको भनाइ छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनिन्, ‘अस्पतालको पेटीमा जन्मिएको नयाँ जीवनसँगै सरकारको संवेदनहीनता र गैरजिम्मेवारीपनको दु:खद इतिहासको पनि जन्म भएको छ ।’
राजविराज नगरपालिका–१४ पर्साही बस्ने हरेराम पासवानकी श्रीमती बबिता पासवान पैसा नभएका कारण फुटपाथमै बच्चा जन्माउन बाध्य भएकी छन् ।
ती महिलासँग २ हजार ५ सय मात्रै रहेको र यति पैसामा अस्पतालले भर्ना गर्न नमानेकाकारण निकालिएकी थिइन् । त्यसपछि अस्पताल नजिकै फुटपाथमै बच्च जन्माएकी थिइन् ।
यो विषय संसद्मा उठाउँदै अन्य सांसदहरूले पनि पैसा नभएर महिलाले सडकमै बच्चा जन्माउँदा संविधानले ज्ञारेण्टी गरेको निःशुल्क स्वास्थ्यको मौलिक हक कहाँ गयो ? भनेर प्रश्न गरेका छन् ।
प्रतिक्रिया 4