+
+
Shares

प्रज्ञा प्रतिष्ठानको नियुक्तिमाथि एमाले सांसदको प्रश्न

नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले संसद्‌मा दोहोरी खेल्ने कार्य बन्द गराउन माग गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १५:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले प्रतिनिधिसभामा भइरहेको दोहोरी खेल्ने कार्य बन्द गराउन सभामुखको ध्यानाकर्षण गराएकी छन्।
  • सांसद सुब्बाले प्रज्ञा प्रतिष्ठानका पदाधिकारी नियुक्ति प्रक्रियामा पारदर्शिता र निष्पक्षता नभएको भन्दै सरकारको आलोचना गरिन्।
  • उनले नियुक्तिको प्रक्रियामा योग्यताभन्दा पनि छनोट विधिमाथि प्रश्न उठाउँदै सरकारको सुशासनको नारामाथि गम्भीर प्रश्न गरिन्।

२ भदौ, काठमाडौं । नेकपा एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले संसद्‌मा दोहोरी खेल्ने कार्य बन्द गराउन माग गरेकी छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले मर्यादित रुपमा प्रस्तुत हुने वातावरण बनाउन सभामुखको ध्यानाकर्षण गराएकी हुन्।

‘सभामुखज्यु सबैभन्दा पहिला म यो मर्यादित सदनमा प्रतिवादमाथि प्रतिवाद गराएर यो संसद मर्यादित सदनमा दोहोरी खेल्ने कार्य बन्द गराउन हुन पनि म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु’ उनले भनिन्।

प्रतिनिधिसभामा व्यक्त भएका शब्दलाई लिएर भएको आरोप्रत्यारोपलाइर्ए लिएर उनले यस्तो आग्रह गरेकी हुन्।

साथै उनले प्रज्ञा प्रतिष्ठानहरु गठन भएको प्रक्रियाप्रति सरकारको ध्यानाकर्षण गरिन्।

‘सरकारले हालै प्रज्ञा प्रतिष्ठान नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल संगीत तथा नागे नाट्य प्रज्ञा प्रतिष्ठान नियुक्ति टुंग्याएको छ’ उनले भनिन्, ‘यो नियुक्तिको प्रक्रियाले सरकारको सुशासन पारदर्शिता निष्पक्षता र खुला प्रतिस्पर्धाको नारामाथि गम्भीर प्रश्न उठाएको छ।’

यो प्रश्न नियुक्त भएका व्यक्तिहरुको योग्यता अर्थात उनीहरु योग्य छन् कि छैनन् भन्ने नभएर योग्य ठहर्याउने प्रक्रिया के हो भन्ने रहेको उनले बताइन्।

तीन महिना अघि दरखास्त आह्वान गरिएको र सिफारिस समिति र मन्त्रालयले भित्रभित्रै नामहरु संकलन गरेको भन्दै उनले भनिन्, ‘तर क–कसले आवेदन दिए भन्ने कुराको पारदर्शिता छैन । एकैचोटी सरकारले मनोनीत र नियुक्ति भएको पदाधिकारी र सदस्यहरुको सूची पर्यटन मन्त्रालयको वेबसाइट र संचार माध्यमहरु मार्फत सार्वजनिक गराइयो ।’

यहाँनेर उनले सरकारलाई प्रश्न गरिन्, ‘हिजोको नियुक्ति राजनीतिक नियुक्ति थियो भन्दै अघिल्लो सरकारलाई दोष दिएर कार्यकाल बाँकी रहेकाहरुलाई अध्यादेश ल्याएर हटाउने अनि आफूले गरेको नियुक्तिलाई मेरिटको नाम दिने ?’

आवेदकहरुको नाम अघि सूची कहाँ छ, सर्ट लिस्ट कहाँ छ र अन्तर्वार्ता भयो कि भएन भनेर उनले सोधिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?