News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसद आशिका तामाङलाई संसदीय मर्यादामा रहन निर्देशन दिनुभएको छ ।
- परराष्ट्रमन्त्री शिशिर खनालको जवाफमा चित्त नबुझेपछि थप स्पष्टीकरण माग्ने क्रममा सांसद तामाङ र सभामुखबीच विवाद भएको थियो ।
- सभामुखले नियमावली अनुसार थप प्रश्न गर्ने समय नभएको जानकारी गराएपछि सांसद तामाङ बैठकबाट बाहिरिनुभएको छ ।
२ भदौ, काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिएका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफमा चित्त नबुझेको भन्दै थप स्पष्टीकरण माग गरेपछि उत्पन्न विवादका क्रममा सभामुखले उक्त निर्देशन दिएका हुन् ।
बैठकमा सांसद तामाङले केही दिनअघि उठाएका विषयमा परराष्ट्रमन्त्री खनालले जवाफ दिएका थिए । मन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै सांसद तामाङले प्रश्न गर्नका लागि समय माग गरिन् ।
तथापि, सभामुख अर्यालले नियमावलीको व्यवस्था उल्लेख गर्दै थप प्रश्न गर्ने समय उपलब्ध नरहेको जानकारी गराए ।
सभामुखले पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि सांसद तामाङले प्रश्न गर्ने अडान कायम राखेपछि सभामुखले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराए ।
सभामुखले बोल्न समय नदिएपछि र स्पष्टीकरणको अवसर प्राप्त नभएपछि सांसद तामाङ संसद बैठकबाट बाहिरिइन् ।
प्रतिक्रिया 4