News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद आशिका तामाङले धादिङका सन्तोषको शव नेपाल झिकाउने विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन्।
- उनले मन्त्री र सचिवको ढोका चाहर्दा पनि समस्या समाधान नभएको भन्दै सदनमा असन्तुष्टि व्यक्त गरिन्।
- सभामुखले उक्त विषयमा तीन दिनभित्र जवाफ दिन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन्।
१ भदौ, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले एउटै विषय लिएर मन्त्रीदेखि सचिवको ढोका चाहरेर हिँड्नु परेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् ।
‘३७ दिन अगाडि धादिङका सन्तोष शव नेपाल झिकाउनू भनि शून्य समयमा यस समयमार्फत कुरा राखेको थिएँ । तर त्यो कुरा शून्यमै बिलाएर गयो’ उनले भनिन्, ‘मलाई लाग्दथ्यो सदनमा कुरा राखेपछि कार्यान्वयन हुनेछ । तर एउटा सांसदले एउटै कुरा लिएर मन्त्रीदेखि सचिवको ढोका–ढोकासम्म चाहरेर कहिलेसम्म हिँड्ने सभामुख महोदय ?’
अर्थ मन्त्रालयले शव व्यवस्थापन गर्न बजेट छुट्याएको तर कार्यविधि नभएको भनेर यो काम हुन नसकेको बताए ।
यो विषयमा जवाफ नआउन्जेल सदनमा उभिने बताइन् । त्यसपछि यो विषयमा तीन दिनभित्र जवाफ दिन सम्बन्धित मन्त्रालयलाई सभामुखले निर्देश गरेका छन् ।
प्रतिक्रिया 4