News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको बर्दगोरियामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा ६२ वर्षीया सावित्री देवी सापकोटाको मृत्यु भएको छ ।
- उपचारका क्रममा दोदोधरा अस्पतालमा सापकोटाको निधन भएको प्रहरीले जानकारी दिएको छ ।
- प्रहरीले ट्रक चालक नवलपरासीका २६ वर्षीय दिनेश गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
१ भदौ, काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिका-१ कट्टिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।
सोमबार बिहान करिब ८ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको सु.प.प्र.०१–००१ ख ३६९५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको लु.प्र.०१०१० प ००४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट स्कुटर कैलालीको बर्दगोरिया गाउँपालिका–४ की ६२ वर्षीया सावित्री देवी सापकोटा गम्भीर घाइते भएकी थिइन् ।
सापकोटाको दोदोधरा अस्पताल प्रालि मुडागाउँमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक चालक नवलपरासीको (सुस्तापूर्व) कावासोती नगरपालिका–१६ डण्डा बस्ने २६ वर्षीय दिनेश गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4