+
+
Shares

सिन्धुलीमा हाइस दुर्घटना, चार जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २३ गते १७:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ स्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना यात्रु घाइते भएका छन् ।
  • ब्रेक फेल भई अनियन्त्रित भएको बा.५ ख ५९८४ नम्बरको हाइस सडकको नालामा खसेको प्रहरीले जनाएको छ ।
  • दुर्घटनामा गम्भीर घाइते भएका दुई जनासहित अन्य दुई जनालाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ ।

२३ साउन, काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

मोरङबाट काठमाडौं जाँदै गरेको बा.५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भई अनियन्त्रित भएर सडकको नालामा परी दुर्घटना भएको हो ।

धनुषा गणेशमान नगरपालिका–७ बस्ने २२ वर्षीया रुवी साह, मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ बस्ने १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

त्यस्तै मोरङ सुन्दरहरैँचा नगरपालिका–१२ का २० वर्षीय उज्वल चौधरी तथा सुनसरी इटहरी उपमहानगरपालिका १७ बस्ने ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन ।

घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ । हाइसमा चालकसहित १४ जना सवार रहेकामा चार जना घाइते भएका हुन् ।

हाईसका चालक मोरङ बेलबारी नगरपालिका–३ बस्ने २५ वर्षीय उमेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?