चालिस मुनिका चालिस – छनोट मनोनयन फर्म
बारम्बार सोधिने प्रश्नहरू
‘४० मुनिका ४० युवा’ के हो?
‘४० मुनिका ४० युवा’ अनलाइनखबरको एउटा यस्तो पहल हो जसले अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर ४० वर्षभन्दा कम उमेरका नेपालका ४० प्रेरणादायी/प्रभावशाली युवाहरूलाई पहिचान र सम्मान गर्नेछ। यी युवाहरू आफ्नो क्षेत्रमा महत्वपूर्ण प्रभाव छोड्ने गरी काम गरेका परिवर्तनकर्ताहरू हुनेछन्।
कस्ता युवालाई मनोनयन गर्न सकिन्छ?
आफ्नो क्षेत्रमा सकारात्मक प्रभाव पार्ने ४० वर्षभन्दा कम उमेर (१२ अगस्ट, २०२६ मा ४० वर्ष ननाघेको) रहेका कुनै पनि नेपाली युवा नेपाली मनोनयनका लागि योग्य छन्। यसमा नेपाली नागरिक वा नेपालमा काम गरिरहेका विदेशीहरू सहभागी हुन सक्नेछन्। व्यवसाय, सामाजिक कार्य, प्रविधि, कला, शिक्षा लगायत विभिन्न क्षेत्रहरूमा कार्यरत युवाहरू समावेश हुन सक्छन्।
विजेताहरू कसरी छानिन्छन्?
मनोनयनबाट प्राप्त र अनलाइनखबर समाचार कक्षले संकलन गरेका उम्मेदवारहरूको उपलब्धि, नेतृत्व गुण र आफ्नो क्षेत्रमा सिर्जना गरेको प्रभावको आधारमा मूल्याङ्कन गरिनेछ। सुरुमा अनलाइनखबर समाचार कक्षले १०० जनाको छोटो सूची तयार गर्नेछ । उनीहरूमध्येबाट ४० युवा छनौट गर्न स्वतन्त्र र प्रबुद्ध व्यक्तिहरू रहेको निर्णायक समिति गठन गरिनेछ । उक्त समितिले मापदण्डका आधारमा अन्तिम ४० छनोट गर्नेछ।
कसैले यो सूचीमा बस्न अस्वीकार गरे के गर्ने ?
यदि अनलाइनखबरले छनौट गरेको कुनै व्यक्तिले यो सूचीमा रहन विभिन्न कारणले अस्वीकार गरेमा विकल्पमा निर्णायक समितिले छनौट गरेको ५ जनाको वैकल्पिक सूचीबाट क्रमिक रूपमा ४० को सूचीमा समावेश गरिनेछ ।
के म आफैँ मनोनयन गर्न सक्छु?
सक्नुहुन्छ, तपाईं ‘४० मुनिका ४० युवा’ कार्यक्रमको लागि योग्य ठान्नुहुन्छ भने आफैँलाई पनि मनोनयन गर्न सक्नुहुन्छ। सँगै, कुनै पनि व्यक्तिले समाजमा देखेका/चिनेका त्यस्ता व्यक्तिहरूलाई मनोनयन गर्न सक्नेछ ।
मनोनयनको अन्तिम मिति कहिले हो?
मनोनयन दर्ता गर्ने अन्तिम मिति १८ वैशाख २०८३ सम्म तोकिएको छ।
मनोनयन गर्न शुल्क लाग्छ?
लाग्दैन, ‘४० मुनिका ४० युवा’ कार्यक्रमको लागि कसैलाई मनोनयन गर्न कुनै शुल्क लाग्दैन।
के मैले एकभन्दा बढी युवालाई पनि यो सूचिका लागि सिफारिस गर्न सक्छु?
अवश्य पनि, एकजनाले बढीमा तीन युवालाई मनोनयन गर्न सक्नुहुन्छ।
आफू मनोनयनमा परेका उम्मेदवारहरूले यो सूचना कसरी थाहा पाउँछन्?
मनोनयनमा परेका युवाबारे थप कुरा बुझ्नु परे अनलाइनखबरले सम्बन्धित युवालाई सम्पर्क गर्नेछ। ‘४० मुनिका ४०’ मा छनौट भइसकेपछि भने प्रोफाइल लेखनका लागि अनलाइनखबरले सम्पर्क गर्नेछ र अन्तर्राष्ट्रिय युवा दिवसको दिन उनीहरूलाई अनलाइनखबरले आफ्नो वेबसाइट र सामाजिक सञ्जालको च्यानलमार्फत सार्वजनिक घोषणा गर्नेछ।
मैले यस बारेमा थप जानकारी कहाँ पाउन सक्छु?
‘४० मुनिका ४० युवा’ कार्यक्रमको बारेमा थप जानकारीको लागि onlinekhabar.com को वेबसाइट र सामाजिक सञ्जाल प्लाटफर्महरू हेर्नुहोस् जहाँ विस्तृत जानकारी, मापदण्ड र छनौट प्रक्रिया पोस्ट गरिएको छ।
तपाईंको सहभागिताको लागि धन्यवाद !