+
+
Shares

स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १३:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एप्पलले बिक्री सुरु भएको केही दिनमै स्क्रिनमा समस्या देखिएका फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ साटिदिने भएको छ।
  • करिब तीन लाख रुपैयाँ मूल्य पर्ने आईफोन डुओको स्क्रिनमा धर्सा र पट्याउने भागमा चिरा परेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
  • फोन खोल्दा चरमराउने जस्तो आवाज आएको गुनासो आएपछि एप्पलले ग्राहकलाई कम्पनीसँग सम्पर्क गर्न आग्रह गरेको छ।

१० कात्तिक, काठमाडौं । एप्पलले बिक्री सुरु भएको केही दिनमै स्क्रिनमा समस्या देखिएका आफ्ना फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ साटिदिने भएको छ ।

लामो समयदेखि प्रतीक्षा गरिएको यो स्मार्टफोनको डिजाइनमा करिब २० वर्षपछि आईफोनमा भएको सबैभन्दा ठूलो परिवर्तनका रूपमा हेरिएको छ ।

करिब तीन लाख रुपैयाँ मूल्य पर्ने यो फोल्डेबल फोनको स्क्रिनमा समस्या देखिएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् । तस्बिरमा एप्पलको पहिलो फोल्डेबल फोनको स्क्रिनमा धर्सा देखिएका छन् ।

डुओका केही प्रयोगकर्ताले फोनको स्क्रिनको बीचमा, पट्याउने भागमा चिरा परेको देखिने तस्बिर अनलाइनमा सार्वजनिक गरेका छन् । त्यस्तै, केही ग्राहकले फोन खोल्दा चरमराउने जस्तो आवाज आउने गरेको गुनासो पनि गरेका छन् ।

यस्ता समस्या देखिएका आइफोनका ग्राहकलाई साट्नका लागि कम्पनीसँग सम्पर्क गर्न एप्पलले आग्रह गरेको छ ।

आईफोन डुओ गत साता विश्वभरका एप्पल स्टोरमा भव्य रूपमा सार्वजनिक गरिएको थियो । फोन खरिद गर्न ग्राहकको भीड लागेको थियो । यस फोनमार्फत कम्पनीले आफ्ना उत्पादनको लोकप्रियता पुन: बढाउने र प्रतिस्पर्धी कम्पनीका फोल्डेबल फोनलाई चुनौती दिने प्रयास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?