+
+
Shares

इरानसँगको युद्धविराम समयको बर्बादी : डोनाल्ड ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको गृष्मकालीन युद्धविराम समयको बर्बादी भएको बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिसिसिपीको रिपब्लिकन चुनावी कार्यक्रममा इरानसँगको गृष्मकालीन युद्धविरामलाई समयको बर्बादी भने।
  • ट्रम्पले अमेरिकासँग अन्य विकल्प नभएको दाबी गर्दै यो काम धेरै समयअघि नै अन्य राष्ट्रपतिहरूले गर्नुपर्थ्यो भने।
  • जुनमा वासिङ्टन र तेहरानले युद्धविराममा सहमति गरे पनि जुलाई ८ को बिहान अमेरिकाले इरानमाथि पुनः ठूलो हवाइ आक्रमण गर्यो।

१० कात्तिक, काठकाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको गृष्मकालीन युद्धविराम समयको बर्बादी भएको बताएका छन्।

उनले मिसिसिपीमा आयोजित रिपब्लिकन चुनावी कार्यक्रममा यो कुरा भनेका हुन्।

‘हामीले थोरै समयको लागि युद्धविराम गर्यौँ। मलाई यो युद्धविराम कहिल्यै मन परेको थिएन। मैले यसलाई एक प्रकारको समयको बर्बादी मानेको थिएँ,’ ट्रम्पले भने।

‘हामीले केही समय युद्धविराम गर्यौँ। त्यसैले हामीले केही पानीजहाजलाई भित्र आउन दियौँ। तपाईंलाई थाहै छ, हामी राम्रो बन्न चाहन्थ्यौँ। तर मेरो विचारमा यो केवल समयको बर्बादी मात्र थियो,’ उनले थपे।

द्वन्द्व सुरु भएको विषयमा बोल्दै ट्रम्पले अमेरिकासँग अन्य कुनै विकल्प नभएको दाबी गरे।

‘यो काम धेरै समयअघि नै अन्य राष्ट्रपतिहरूले गर्नुपर्थ्यो,’ उनले भने।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध युद्ध सुरु गरेका थिए। जुन महिनामा वासिङ्टन र तेहरानले लेबनानसहित सबै मोर्चामा तत्काल युद्धविराम गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

तर जुलाई ८ को बिहानै अमेरिकाले इरानमाथि पुनः ठूलो हवाइ आक्रमण सुरु गर्यो। अमेरिकाले तेहरानमाथि स्ट्रेट अफ हर्मुज सम्बन्धी अघिल्ला सहमतिहरू उल्लङ्घन गरेको आरोप लगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?