News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथरका खेतमा धान झल्न थालेको छ, धेरै ठाउँमा काट्ने तयारी छ र तिहारअघि नै धान काटिने देखिएको छ।
- धान रोप्ने समयमा पर्याप्त पानी परेकाले यस वर्ष उत्पादन बढ्ने किसानले अनुमान गरेका छन्।
- कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार जिल्लामा अहिले ५ हजार ८ सय हेक्टरमा धान खेती छ, जबकि २०७५ सालमा ११ हजार ९ सय हेक्टर थियो।
७ कात्तिक, पाँचथर । पूर्वी पहाडी जिल्ला पाँचथरका विभिन्न खेतहरूमा धान झलिरहेको छ । कतै धान काट्न सुरु भएको छ भने धेरै ठाउँमा धान काट्ने तयारी छ ।
धान रोप्ने समयमा पर्याप्त पानी परेकाले यो वर्ष धान उत्पादनमा वृद्धि हुने किसानहरूको अनुमान छ ।
किसानको मिहेनत धानको बालामा लहलहै देखिन्छ । तिहार अगाडीनै धान काट्ने धमाधम हुने देखिन्छ । मौसम खुलेको छ । आकाश निलो छ । हिमाल देखिन्छ । यहिबेला धान खेती भएका फाँट हेरिरहुँ लाग्ने देखिन्छ ।
धेरै जस्तो स्थानीय प्रजातीका धान खेती हुने गरेको छ । पाँचथरका सबै गाउँपालिकामा धान खेती हुने गरेको छ । फिदिम, फाल्गुनन्द, मिक्लाजुङ गाउँपालिकामा बढिमात्रमा धान खेती हुने गरेको छ । तर बर्सेनी रुपमा धान खेती घटिरहेको छ ।
कृषि ज्ञान केन्द्र पाँचथरका अनुसार पाँचथरमा ५ हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको छ । तर, २०७५ सालमा ११ हजार ९ सय हेक्टरमा धान खेती हुने गरेको थियो ।
नगदेबाली तर्फको आर्कषण, बाढी पहिरो तथा बसाईंसराईको असर धान खेतीमा परिरहेको छ ।
थप तस्वीरहरू–



















प्रतिक्रिया 4