+
+
Shares

धनुषामा श्रीमान–श्रीमती मृत भेटिए

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहारको घाउ भएकाले उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ । रिनाका श्रीमान ३५ वर्षीय उमेश यादव पनि घरभन्दा करिब एक किलोमिटर पर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते ७:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाको मिथिला बिहारी नगरपालिका ३ मथिलेश्वरमा ३० वर्षीया रिनादेवी यादव र ३५ वर्षीय उमेश यादव मृत फेला परेका छन्।
  • प्रहरीका अनुसार रिनाको घाँटीमा धारिलो हतियारको घाउ छ भने उमेश घरदेखि करिब १ किलोमिटर पर रुखमा झुण्डिएको अवस्थामा भेटिएका छन्।
  • मृतक दम्पतीका ४ वर्षीय छोराको तिघ्रामा पनि हतियार प्रहारको घाउ देखिएको छ, र प्रहरीले घटनालाई शंकास्पद भन्दै अनुसन्धान गरिरहेको छ।

८ कात्तिक, जनकपुरधाम । धनुषामा श्रीमान–श्रीमती नै मृत भेटिएका छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ३ मथिलेश्वरस्थित माइतमा बस्दै आएकी ३० वर्षीया रिनादेवी यादवको घाँटीमा धारिलो हतियार प्रहारको घाउ भएकाले उनको हत्या भएको प्रहरीले अनुमान गरेको छ ।

रिनाका श्रीमान ३५ वर्षीय उमेश यादव पनि घरभन्दा करिब एक किलोमिटर पर रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

उमेशको घर मिथिला बिहारी नगरपालिका वडा नं ४ भरतपुर हो । उनी केही दिनअघि मात्र वैदेशिक रोजगारबाट घर फर्किएका थिए । उनी हिजो मात्र ससुराली पुगेका थिए ।

मृतक दम्पतीका एक चार वर्षीय छोरासमेत छन् । छोराको एउटा तिघ्रामा पनि हतियार प्रहारको घाउ देखिएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओम प्रकाश खनालले घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको बताए । ‘घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?