+
+
Shares

खुँडा प्रहारबाट एक जनाको ज्यान गयो

मुगुको छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते १३:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुगुको छायानाथ रारा नगरपालिका–५ मा ७५ वर्षीया धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ।
  • जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले धनवीरमाथि खुँडा प्रहार गरेका थिए।
  • प्रहरीले फरार अभियुक्त अजविर कामीलाई रारा राष्ट्रिय निकुञ्जको जङ्गलबाट आजै पक्राउ गरेको छ।

२७ असोज, मुगु। मुगुको छायानाथ रारा नगरपालिका–५ का ७५ वर्षीया धनवीर कामीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार स्थानीय ३२ वर्षीय अजविर कामीले धनवीरमाथि खुँडा प्रहार गरेका थिए।घाइते भएका उनको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो।

खुँडा प्रहार गरी फरार रहेका अभियुक्तलाई रारा राष्ट्रिय निकुञ्जको जङ्गलबाट प्रहरीले आजै पक्राउ गरिसकेको उनको भनाइ छ। प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको तथा मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा लगिएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?