+
+
Shares

२ वर्ष जेल र ६२ लाख जरिबाना फैसला सुनाइका व्यक्ति पक्राउ

काठमाडौं महानगरपालिका-३२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-३ घर भएका ४८ वर्षीय शेरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैंकिङ कसुरका १२ मुद्दामा दोषी ठहर भई फरार ४८ वर्षीय शेरबहादुर मगरलाई प्रहरीले ललितपुर महानगरपालिका-१० बाट पक्राउ गरेको छ।
  • उनीविरुद्ध ८ करोड ४२ लाख ३६ हजार रूपैयाँ बिगो, २ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार १ सय रूपैयाँ जरिवाना तोकिएको छ।
  • मगरलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ।

९ असोज, काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका-३२ बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका-३ घर भएका ४८ वर्षीय शेरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको हो।

१२ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दाहरूमा ८ करोड ४२ लाख ३६ हजार रूपैयाँ बिगो र उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौं र जिल्ला अदालत भक्तपुरबाट विभिन्न मितिमा भएको फैसलाले २ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार १ सय रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले ललितपुर, ललितपुर महानगरपालिका-१० बाट पक्राउ गरेको हो।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?