News Summary
Generated by OK AI. Editorially reviewed.- सामाजिक सञ्जालमार्फत विदेशी महिलाको चरित्र हत्या गरेको आरोपमा नेपालगञ्ज उपमहानगरपालिका-१ का २३ वर्षीय प्रशान्त जयसवाल पक्राउ परेका छन्।
- प्रेम सम्बन्धमा खिचिएका तस्वीर महिलाका परिवारका सदस्यलाई पठाएको अभियोगमा उनलाई मंगलबार पक्राउ गरिएको हो।
- प्रशान्तमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको र जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद दिएको साइबर ब्युरोले जनाएको छ।
३१ भदौ, काठमाडौं । सामाजिक सञ्जालमामार्फत विदेशी महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ परेका छन्।
विदेशी महिलासँग सामाजिक सञ्जालमार्फत नै चिनजान भई प्रेम सम्बन्धमा रहेको अवस्थामा खिचिएका तस्वीरहरू महिलाका परिवारका सदस्यहरूलाई पठाउने प्रशान्त जयसवाल पक्राउ परेका हुन्।
नेपालगञज उपमहानगरपालिका-१ का २३ वर्षीय प्रशान्तलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो। उनमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको र अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिइएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4