+
+
Shares

लागुऔषधसहित १७ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेकामध्ये धनुषा, मोरङ, उदयपुर, कञ्चनपुर, कैलाली, नवलपरासी पश्चिम र पर्साका व्यक्ति छन्।
  • उनीहरूको साथबाट खैरो हेरोइन, गाँजा, नाइट्राजेपाम र स्पास्मो बरामद गरेको छ।

२६ भदौ, काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशमा विभिन्न स्थानबाट लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४ बाट दुई, मोरङको लेटाङ नगरपालिका–४ बिपी चोकबाट दुई, उदयपुरको त्रियुगा नगरपालिका–६ बाट पाँच, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–७ जनआवाज चोकबाट एक र टीकापुर नगरपालिका–९ खक्रौलाबाट दुई जना पक्राउ परेका हुन् ।

यस्तै नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–४ देवीनगरस्थित बसपार्कबाट एक तथा पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर बजार र पटेर्वा सुगौली गाउँपालिका–५ मनिहर्वा चोकबाट एक÷एक जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने नाइट्राजेपाम र स्पास्मो बरादम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?