+
+
Shares
कविता :

प्राकृतिक प्रकोप, शोक र न्यायसंगत क्षतिपूर्ति

पुरुषोत्तम लोहनी पुरुषोत्तम लोहनी
२०८३ भदौ २६ गते १३:५१

यी नजरहरू ती भयभीत दृश्यहरू कैद गर्न, किन–किन त्रसित भइरहेका छ ।
आँखैअगाडि क्षणभरमै एउटा इतिहास बन्यो, सिंगो देश शोकमा डुबेको छ ।
जन्म र मृत्युको प्राकृतिक चक्र को प्रक्रिया त निरन्तर चलिरहेकै छ ।
तर अझै त्यो चित्कारका आवाजहरु,मस्तिष्क भित्र गुन्जिरहेको छ ।

नियति को खेल र हिमनदीको भेल आखिर बुझ्नै नसकिने रहेछ ।
हेर्नेको आँखाभन्दा भोग्ने को पीडा र कष्ट गहिरो हुँदा, जुन चित्रमा उतार्नै नसकिने रहेछ ।
खै ,किन हो ? आजभोलि आफूलाई नै बुझ्न र आफ्नै मनलाई बुझाउन गाह्रो हुँदै गएको छ ।
सत्ताका उतार-चढाव देखि प्राकृतिक प्रकोपसम्म, देख्नु, भोग्नु र सहनु नै हाम्रो भाग्यमा लेखिएको रहेछ ।

सायद, जीवन भनेकै सुख–दुःख, पीडा र कष्ट देख्दै अनि भोग्दै अघि बढ्नु रहेछ ।
सास रहुन्जेल,जस्तोसुकै विपत्ति आए पनि जीवनसँग लड्दै अघि बढ्नुपर्ने रहेछ ।
‘ग्लोबल वार्मिङ’ भन्ने शब्द सुनेको धेरै भयो, आज त्यसको असर हिमालदेखि समुद्रसम्म प्रत्यक्ष महसुस हुन थालेको छ ।
त्यसैले प्रकृतिले हामीलाई जीवन दिएको हुदाँ,यसको संरक्षण गर्नु मानिसको साझा कर्तव्य हुनुपर्दछ ।

मेरो देश हेर्दा हिमाल, पहाड र तराईले चिटिक्क सजिएको छ ।
तर आज त्यही देश प्राकृतिक प्रकोपको पीडाले थलिएको छ ।
प्राकृतिक सन्तुलन बिगार्न नेपाली मात्र दोषी छैनौँ, विश्व समुदायको पनि यसमा उल्लेखनीय भूमिका छ ।
त्यसैले प्रकृतिले दिएको पीडा र पुर्‍याएको क्षतिका लागि न्यायसंगत क्षतिपूर्ति अनिवार्य हुनुपर्दछ ।

लेखक
पुरुषोत्तम लोहनी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?