News Summary
Generated by OK AI. Editorially reviewed.- पोल्याण्डको राजधानी वार्सोमा ३० वटा जति रोबोटले डिजिटल प्रविधि मन्त्रालयअगाडि बलियो एआई नियमन कानुन माग गर्दै प्रदर्शन गरेका छन्।
- प्रदर्शन डेमोक्रेटिज्म अभियानले आयोजना गरेको प्रदर्शनमा ह्युमानोइड र चार खुट्टे रोबोटले झन्डा हल्लाउँदै, नारा लगाउँदै र गोलघेरामा घुमेका थिए।
- अभियानका आयोजक ग्रेगोर्ज कुलिसले एआईले मानिसको रोजगारी खोसिरहेकाले नियन्त्रण चाहिएको बताए, र मन्त्री क्रिज्सटोफ गाभ्कोभस्कीले मन्त्रालय नियमनमा काम गरिरहेको बताए।
२६ भदाै, काठमाडाैं । पोल्याण्डको डिजिटल प्रविधि मन्त्रालय अगाडि ३० वटा जति रोबोटहरूले बलियो एआई नियमन कानुन माग गर्दै प्रदर्शन गरेका छन् ।
एआईको विकासले मानिसको रोजगार खोसिरहेकाले यसलाई नियन्त्रण गर्न उनीहरूले माग गरेका थिए ।
प्रदर्शन डेमोक्रेटिज्म नामक अभियानको तर्फबाट आयोजना गरिएको हो ।
राजधानी वार्सोमा सोमबार भएको यो अनौठो प्रदर्शनमा ह्युमानोइड र कुकुर जस्तै चार खुट्टे रोबोटहरू झन्डा हल्लाउँदै, नारा लगाउँदै र गोलघेरामा घुम्दै सडकमा उत्रिएका थिए ।
लाउडस्पिकरबाट ‘डिफेन्ड वर्कप्लेसेज’, ‘टाइम फर रुल्स’ र ‘डोन्ट वेट, रेगुलेट’ जस्ता नाराहरू बजाइएको थियो ।
‘हामी विशेष गरी मानिसहरूलाई ह्युमानोइड रोबोट र संज्ञानात्मक कामहरूमा एआईद्वारा प्रतिस्थापन गर्ने सम्भावित समस्यालाई सम्बोधन गर्न चाहन्छौं,’ अभियानका आयोजक ग्रेगोर्ज कुलिसले एएफपीसँग भनेका छन्, ‘यदि हामीले अहिले नै रियाक्ट गरेनाैँ भने, हामीलाई चाँडै समस्या हुनसक्छ ।’

कुलिसका अनुसार बाटोमा हिँड्नेहरूको ध्यान तान्नुबाहेक, रोबोटको प्रयोग उनीहरूको हालको क्षमता र समस्याको गम्भीरता देखाउनका लागि गरिएको थियो । ‘यी रोबोटहरू पहिले नै स्वतन्त्र रूपमा हिँडडुल गर्न सक्छन् । उनीहरू नै ‘प्रदर्शन’ गरिरहेका छन्,’ उनले थपे ।
रोबोटहरूको यो मार्चलाई पोल्याण्डका डिजिटल मामिला मन्त्री क्रिज्सटोफ गाभ्कोभस्कीले पनि हेरेका थिए । त्यसपछि उनले भनेका छन्, ‘अनियन्त्रित (एआई) मोडेलहरू, जो ह्युमानोइडहरूमा प्रयोग हुन्छन् र रोबोटाइजेसन अगाडि बढ्दै जाँदा यी थप विकसित हुँदै जान्छन् । याे एक ठूलो समस्या हो ।’
मन्त्री गाभ्कोभस्कीले प्रदर्शनकारीहरूसँग भेटघाट गर्दै आफ्नो मन्त्रालयले नियमनमा काम गरिरहेको बताए । तर याे प्रदर्शनका आयोजकहरूमध्ये एकले संसदमा हाल छलफल भइरहेको योजनामा कामदारहरूको सुरक्षा अपुरो रहेको बताएका छन् ।
जुलाईमा पोल्याण्डका राष्ट्रपति काराेल नाव्रोत्स्कीले युराेपियन युनियनको एआई एक्ट लागू गर्ने विधेयकमा हस्ताक्षर गरिसकेका छन् ।
प्रतिक्रिया 4