+
+
Shares

बबिताले सडकमै बच्चा जन्माउन बाध्य भएकोबारे सरकारसँग जवाफ माग

राजविराज नगरपालिका १४ पर्साहीकी बबिता पासवानले सडकमै बच्च जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ गरिएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २६ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजविराज नगरपालिका १४ पर्साहीकी बबिता पासवानले पैसा नभएर अस्पतालको गेटमै बच्चा जन्माउनुपरेपछि सांसदहरूले सरकारसँग जवाफ मागेका छन् ।
  • नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सुरक्षित मातृत्वका विषयमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने बताएका छन् ।
  • सांसद तोसिमा कार्की र भूमिका लिम्बु सुब्बाले सुरक्षित मातृत्वका लागि नीति परिवर्तन र सरकारको गैरजिम्मेवारीपन अन्त्य गर्नुपर्ने बताएकी छन् ।

२६ भदौ, काठमाडौं । राजविराज नगरपालिका १४ पर्साहीकी बबिता पासवानले सडकमै बच्च जन्माउन बाध्य भएको विषयमा सरकारसँग जवाफ गरिएको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले यो विषय सरकारको नीतिसँग सम्बन्धित रहेको भनेर जवाफ मागेका हुन् । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालका अनुसार यस्तो विषयमा सरकार जिम्मेवार र जवाफदेही हुनुपर्ने बताए ।

कहिले तीन वर्षीय बालिकामाथि बलात्कार र जघन्य हत्या भएको घटनाबाट रुनु परेको त कहिले कहिले भोटेकोशीमा आएको अकल्पनीय बाढीको पीडाबाट प्रताडित हुनुपर्ने बताइन् ।

यहीबेला गजेन्द्रनारायण सिंह स्पतालमा सुत्केरी सुरक्षित मातृत्व प्रदान गर्न पुग्दा पैसा नभएर अस्पतालको गेटमा सुत्केरी गराउनुपर्ने बाध्यतामा पुगेको दर्दनाक कथा सामान्य घटनाको रुपमा नआएको उनले बताए ।

यस्ता विषय सम्बोधन गर्न के गर्नुपर्ने त्यो गर्न र जवाफदेहिता प्रकट गर्न उनले आग्रह गरे ।

रास्वपाकी सांसद तोसिमा कार्कीले सुरक्षित मातृत्वका लागि के कस्ता नीति बदल्नुपर्ने हो त्यो गर्न आवश्यक रहेको बताइन् । सरकारले आवश्यक नीति लिनुपर्ने र त्यसमा संसदले सहयोग गर्ने बताइन् ।

नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले अस्पतालबाट सुत्केरी निकालिनु दुःखद् घटना मात्रै नभएको बताइन् । यो सरकारको गैरजिम्मेवारीपनको उदाहरण भएको उनको भनाइ छ ।

उनले भनिन्, ‘अस्पतालको पेटीमा जन्मिएको नयाँ जीवनसँगै सरकारको संवेदनहीनता र गैरजिम्मेवारीपनको दुःखद् इतिहासको पनि जन्म भएको छ ।’

नेपाली कांग्रेसकी सांसद गीता गुरुङले भनिन्, ‘सप्तरीमा आर्थिक अभावका कारण अस्पताल बाहिर एक जना महिलाले बच्चा जन्माउनुपरेको घटनाले लज्जवोध भएको छ । सुरक्षित मातृत्वको जिम्मेवारी राज्यको हो कि होइन ? कि तपाईंहरू (रास्वपा)को शासनकालमा पैसा नहुनेले सडकमै बच्चा जन्माउनुपर्ने हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?