News Summary
Generated by OK AI. Editorially reviewed.- वातावरण वैज्ञानिक उत्तमबाबु श्रेष्ठले भोटेकोशीको बाढीले पछिल्ला ६ वर्षका हिमाली बाढीभन्दा बढी क्षति गरेको बताएका छन् ।
- उनले हिमनदी पग्लेर हिमताल बन्ने र डिल भत्केर नदीमा खस्ने क्यास्केडिङ घटनालाई बाढीको कारण भनेका छन् ।
- श्रेष्ठले जलवायु परिवर्तनलाई भोटेकोशी बाढीको मुख्य दोषी देखाउँदै यस्ता प्रकोपसँग जुध्न बहुआयामिक तयारी आवश्यक रहेको बताए ।
‘भोटेकोशीपछि हाम्रो जीवन’ वार्ताको पहिलो शृङ्खलामा हामीले विपद् प्राधिकरणका पूर्वसीईओ अनिल पोखरेलसँग कुरा गरेका थियौं । दोस्रो शृङ्खला अन्तर्गत यो अन्तर्वार्तामा वातावरण वैज्ञानिक उत्तमबाबु श्रेष्ठले भोटेकोशीसँग पछिल्ला ६ वर्षयताका हिमाली बाढीहरूको तुलनात्मक विश्लेषण गरेका छन् ।
‘जुन गतिमा यो क्षति भोटकोशीले गरायो, अरु कुनै पनि बाढीभन्दा अधिक भयो,’ वैज्ञानिक श्रेष्ठले भनेका छन्, ‘हिमनदी पग्लेर हिमताल बन्ने, तालको डिल भत्केर नदीमा खस्ने प्रवृत्ति देखियो । बाढी भनिए पनि हिमढिक्का खस्ने शृङ्खलाबद्ध (क्यास्केडिङ) घटनाको निरन्तरता हो यो ।’
कि त नदीलाई थुन्ने, कि त नदीसँगै गेग्रयान लेदो बरफ सबै झर्ने र तल्लो तटीय क्षेत्रमा विनाश निम्त्याउने प्रवृत्तिबारे उनले यसमा बताएका छन् ।
भोटेकोशीमा बाढी जानुका पछिल्तिर धेरै कारण भए पनि जलवायु परिवर्तनसमेत यसको मुख्य दोषी देखिएको उनको ठहर छ ।
‘अहिले विपद् शृङ्खलाबद्ध हुन थालेका छन्। अर्थात्, हिमपहिरो वा भूक्षय हुन्छ, ताल बन्छ वा नदी थुनिन्छ र त्यसपछि त्यसले थप वितण्डा मच्चाउँछ। यस्ता ‘क्यास्केडिङ’ प्रकोपसँग जुध्न हाम्रो तयारी पनि सोही अनुरूप बहुआयामिक हुनुपर्छ,’ श्रेष्ठले भनेका छन् ।
वैज्ञानिक अनुसन्धान गर्ने संस्था ग्लोबल इन्स्टिच्युट फर इन्टरडिस्प्लिनरी स्टडिजका प्रमुख रहेका श्रेष्ठसँग नेपालले अब गर्नुपर्ने काम लगायत विषयमा अनलाइनखबरका बसन्त बस्नेतले गरेको संवाद ।
भिडियो : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4