News Summary
Generated by OK AI. Editorially reviewed.- द बडी शपले काठमाडौंको नक्सालस्थित लबिम मलमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ ।
- नयाँ स्टोरको उद्घाटन निर्देशक तथा पटकथा लेखक मिनबहादुर भामले शनिबार रिबन काटेर गरे ।
- कम्पनीले नेपालमा नैतिक सौन्दर्य, दिगोपना र सामाजिक प्रभाव प्रवर्द्धन गर्ने उद्देश्यले स्टोर विस्तार गरेको जनाएको छ ।
काठमाडौं । क्रुएल्टी–फ्री सौन्दर्य उत्पादन र दिगो व्यवसायिक अभ्यासका लागि विश्वभर परिचित सौन्दर्य ब्रान्ड ‘द बडी शप’ले काठमाडौंको नक्सालस्थित लबिम मलमा नयाँ स्टोर सञ्चालनमा ल्याएको छ ।
नयाँ स्टोरको औपचारिक उद्घाटन शनिबार निर्देशक तथा पटकथा लेखक मिनबहादुर भामले रिबन काटेर गरे । उद्घाटन कार्यक्रममा भामले आफूले पनि द बडी शपका सनस्क्रिन र लिपबाम प्रयोग गर्ने गरेको बताए ।
द बडी शपका सामग्री पशु परीक्षणविहीन (क्रुएल्टी–फ्री) हुनु आफूलाई यसको उत्पादन रोज्नुको एउटा महत्वपूर्ण कारण रहेको उनले बताए ।
पशु परीक्षणविहीन सौन्दर्य उत्पादनको अवधारणालाई प्रवर्द्धन गर्दै आएको द बडी शपले नेपालमा आफ्नो पहुँच विस्तार गर्ने क्रममा लबिम मलमा नयाँ स्टोर सञ्चालनमा ल्याएको जनाएको छ । यसअघि दरबारमार्गमा रहेको स्टोरसँगै नयाँ शाखामार्फत आफ्ना नैतिक सौन्दर्य उत्पादनलाई थप ग्राहकसम्म पुर्याउने कम्पनीको लक्ष्य छ ।
द बडी शप नेपालकी निर्देशक सरु अर्याल प्रधानले नयाँ स्टोरलाई व्यापार विस्तारको कदम मात्र नभई नेपालमा नैतिक सौन्दर्य, दिगोपना र सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने कम्पनीको दीर्घकालीन प्रतिबद्धताको हिस्सा भएको बताइन् ।

‘लबिम मलमा नयाँ स्टोर सञ्चालन गर्नु केवल अर्को खुद्रा बिक्री केन्द्र थप्नु मात्र होइन, यो नेपालमा नैतिक सौन्दर्य, दिगोपना र सकारात्मक सामाजिक प्रभाव सिर्जना गर्ने हाम्रो दीर्घकालीन प्रतिबद्धताको प्रतीक हो,’ उनले भनिन् ।
कम्पनीका अनुसार व्यापार विस्तारसँगै महिला नेतृत्वको प्रवर्द्धन, जिम्मेवार उद्यमशीलता, सामुदायिक कल्याण र दिगो व्यवसायिक अभ्यासलाई पनि प्राथमिकतामा राखिएको छ ।
नयाँ स्टोरबाट ग्राहकले स्किनकेयर, बडी केयर, हेयरकेयर, सुगन्ध तथा वेलनेससम्बन्धी विभिन्न उत्पादन खरिद गर्न सक्नेछन् । कम्पनीले अन्तर्राष्ट्रिय रूपमा लोकप्रिय आफ्ना उत्पादन नेपाली बजारमा थप सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ स्टोर सञ्चालनमा ल्याएको जनाएको छ ।
सन् १९७६ मा बेलायतमा स्थापना भएको द बडी शप क्रुएल्टी–फ्री सौन्दर्य अभियान, कम्युनिटी ट्रेड साझेदारी तथा वातावरणमैत्री व्यवसायिक मूल्यका लागि विश्वभर परिचित छ ।
पशु परीक्षणविरुद्धको स्पष्ट अडानसँगै नैतिक स्रोतबाट प्राप्त सामग्रीको प्रयोग, समुदायसँगको साझेदारी र जिम्मेवार व्यवसायिक अभ्यासलाई प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ । यही कारण द बडी शप विश्वव्यापी रूपमा जिम्मेवार सौन्दर्य ब्रान्डका रूपमा स्थापित भएको कम्पनीको दाबी छ ।
नेपालमा पनि व्यापार विस्तारसँगै नैतिक र दिगो सौन्दर्यको अवधारणालाई प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ स्टोर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया 4