२८ भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन वाइसीएलले बाढीग्रस्त क्षेत्रमा १५० वटा अस्थायी आवास निर्माण गर्ने भएको छ ।
पहिले चरणमा नुवाकोटको बेलकोटगढी–७ को ठुलो खोला , लामोस्वती , रातमाटे, महादेवफाँटका प्रभावित परिवारको लागि १५० वटा अस्थायी आवास निर्माण गरिने वाइसीएलका अध्यक्ष पुष्प ओलीले जानकारी गराए ।
ओलीका अनुसार बाढी प्रभावित क्षेत्रमा वाईसीएलले ६०० स्वयंसेवक उद्धार तथा राहत कार्यमा नियमित परिचालन गरिरहेको छ । प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारसँगै घाइतेहरूको उपचार, खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउन सक्रिय रहेको उनले जानकारी गराए ।
रसुवा ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल सेटहरू, सेनिटरी प्याड, म्याट्रिक्स लगायत सामग्री पुर्याइएको संगठनले जनाएको छ ।
त्रिशुली पारी सडक सञ्जाल विच्छेद भए पश्चात धादिङको बाटो भई कठिनपूर्वक विदुर नगरपालिकाकाका वडाहरु ७, ८ र ९ मा सामग्री पुर्याइएको ओलीले जानकारी गराए । ‘आजसम्म पनि पिडित परिवारको घर सरसफाई हुन् सकिरहेको छैन । वास को टुंगो छैन,’ ओलीले भने,‘यहि समस्यालाई मध्यनजर गर्दै अस्थायी आवास निर्माणको
प्रतिक्रिया 4