+
+
Shares

भोलि पशुपतिका चारवटै ढोका बिहान ३ बजेबाटै खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १५:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हरितालिका तीजका दिन पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् ।
  • पशुपति क्षेत्र विकास कोषले तीजमा विशेष पूजा र दर्शनको व्यवस्था मिलाएको छ ।
  • मन्दिरबाहिर ५ र परिसरभित्र ८ लाइनको व्यवस्था गरिएको छ ।
  • महिला दर्शनार्थी बढी हुने भएकाले कोषले महिला सुरक्षाकर्मी थप परिचालन गर्न सरकारसँग अनुरोध गरेको छ ।
  • विशिष्ठ व्यक्तिको सवारी कोषको कार्यालय परिसरमा पार्किङ गरिनेछ भने अन्य सवारी भण्डारखाल, सिफल चौर, वनकाली, तिलगंगा र उमाकुण्डमा राखिनेछ ।

२८ भदौ, काठमाडौं । हरितालिका तीजमा पशुपतिनाथ मन्दिरनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् । यस वर्ष भदौ २९ गते (भोलि) परेको तीजमा विशेष पूजा र दर्शनको व्यवस्था पनि मिलाइएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ ।

मन्दिरमा आउनेहरूका लागि मन्दिरबाहिर पाँच वटा लाइन र मन्दिर परिसरमा प्रवेश गरेपछि ८ वटा लाइन हुनेगरी व्यवस्था मिलाइएको छ ।

दर्शनार्थीमा महिलाहरूको संख्या उल्लेख्य हुने हुँदा महिला सुरक्षाकर्मी अधिक परिचालन गर्न कोषले सरकारसँग अनुरोध गरेको छ ।

ट्राफिक व्यवस्थापनका लागि विशिष्ठ व्यक्तिको सवारी साधन कोषको कार्यालय परिसरमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

अन्य सवारी साधनको पार्किङ स्थान भण्डारखाल पार्किङ, सिफल चौर, वनकाली पार्किङ  तिलगंगा र उमाकुण्ड पार्किङस्थल निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?