News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय गृह तथा सहकारितामन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरका लागि ४० किलो चन्दन पठाएका छन्।
- अमित शाहले नेपाली कांग्रेसका सांसद सन्दीप रानामार्फत् चन्दन गुठी संस्थानअन्तर्गतको पशुपतिनाथ कार्यालयलाई हस्तान्तरण गराएका हुन्।
- चन्दन मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा नित्य पूजामा प्रयोगका लागि हस्तान्तरण गरिएको हो।
७ जेठ, काठमाडौं । भारतीय गृह तथा सहकारितामन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरका लागि ४० किलो चन्दन पठाएका छन् ।
पुष्य नक्षत्रको अवसरमा उनले नेपाली कांग्रेसका सांसद सन्दीप रानामार्फत् पशुपतिनाथ मन्दिरमा चन्दन पठाएका हुन् ।
उक्त चन्दन गुठी संस्थानअन्तर्गतको पशुपतिनाथ क्षेत्र विकास कोषको कार्यालयलाई हस्तान्तरण गरिएको छ । पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्ने गरी मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा चन्दन हस्तान्तरण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4