+
+
Shares
वार्ता : हिमाली सुनामीपछि हाम्रो जीवन– भाग १ :

‘बहुप्रकोपीय पूर्वसूचना प्रणाली तयार पार्नुपर्छ’

‘चीनसँग सन् २०१९ मा नौबुँदे एमओयू गर्दा नेसनल इमर्जेन्सी अपरेसन सेन्टर र राष्ट्रिय आपत्‌कालीन गोदामघरको सम्झौता थियो, आजसम्म कार्यान्वयन नहुँदा मूल्य चुकायौं।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १९ गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अनिल पोखरेलले भोटेकोसीबाट उत्पन्न हिमाली विपत्तिलाई नेपालको मात्रै होइन, समग्र विश्व र सम्बन्धित राष्ट्रहरूको असफलता भनेका छन्।
  • पोखरेलले उद्धार र राहतपछि बस्ती पुनर्स्थापनामा हतार नगर्न, संवेदनशील भूभागमा सुरुङ निर्माणमा ध्यान दिन र विपद् स्वयंसेवक तयार पार्नुपर्ने बताए।
  • उनले सन् २०१९ को चीनसँगको नौबुँदे एमओयूअन्तर्गत नेसनल इमर्जेन्सी अपरेसन सेन्टर र राष्ट्रिय आपत्‌कालीन गोदामघरको सम्झौता कार्यान्वयन नहुँदा मूल्य चुकाएको उल्लेख गरे।

इन्जिनियर अनिल पोखरेलसँगको यो लामो अन्तर्वार्ता भोटेकोसीबाट उत्पन्न विपद्, अनि त्यसपछिको हाम्रो जीवन र समग्र व्यवस्थापनका सन्दर्भमा लिइएको छ। धेरैवटा मान्यतालाई चुनौती दिँदै बोलेका पोखरेल राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका संस्थापक सीईओ हुन्।

यो प्राधिकरणलाई सङ्क्षेपमा ‘विपद् प्राधिकरण’ समेत भन्ने गरिन्छ; जसको भूमिका भोटेकोसीबाट शुरु हिमाली सुनामी अनि यस्ता विपद्‌मा सबैभन्दा उल्लेख्य हुनुपर्ने हो।

तर स्वयं प्राधिकरणको भूमिका भने गृह मन्त्रालयभित्रको सानो अङ्गका रूपमा खुम्च्याइएकामा पूर्वसीईओ पोखरेल असन्तुष्ट छन्। उनले नेपाल–चीन सीमा क्षेत्रबाट सुरु विपद् कुन प्रकृतिको हो, यसले सिर्जेका प्रभाव र असर कस्ता हुन् भन्नेबारे अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतसँग विस्तृतमा बोलेका छन्।

पोखरेलले यो वार्तामा भनेका छन्, ‘यो हिमाली विपत्ति नेपालको मात्रै होइन, समग्र विश्वको असफलता हो; अरू सम्बन्धित राष्ट्रहरूको असफलता हो। उद्धार र राहतमा हतार गरे पनि बस्ती पुनर्स्थापित गर्न हतार नगरौं। संवेदनशील भूभागमा सुरुङ निर्माण गर्दा पुग्नुपर्ने ध्यान पुगेको देखिएन। हामीले विपद् स्वयंसेवक तयार पार्न आवश्यक छ। चीनसँग सन् २०१९ मा नौबुँदे एमओयू गर्दा नेसनल इमर्जेन्सी अपरेसन सेन्टर र राष्ट्रिय आपत्‌कालीन गोदामघरको सम्झौता थियो, आजसम्म कार्यान्वयन नहुँदा मूल्य चुकायौं। विपद्‌मा विज्ञ ल्याउन पनि हिच्किचायौं। बहुप्रकोपीय पूर्वसूचना प्रणाली तयार पार्नुपर्छ।’

यी र यस्ता थुप्रै विषयमा पोखरेलसँग गरिएको यो लामो भिडियो वार्ता सुन्न/हेर्न सिफारिस छ।

(भिडियो : शंकर गिरी र आर्यन धिमाल)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?