+
+
Shares

भोटेकोशीको रूप फरक-फरक समयमा कसरी बदलियो ? (स्याटेलाइट तस्वीरहरू)

ग्राफिक्स कोलाजले एउटा प्राकृतिक प्रकोप कति घातक हुन सक्छ, प्रस्ट देखाएको छ । 

सापेक्ष सापेक्ष
२०८३ भदौ १८ गते २०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २०८२ असार २४ को बाढीले ल्हेन्दे खोलामा नेपाल–चीन मितेरी पुल बगाएको र रसुवागढी क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो।
  • गत १० भदौमा सोही रुटमा आएको बाढी पहिलेकोभन्दा कयौं गुणा बलियो भई १२०० भन्दा बढीको ज्यान लिएको र ४००० बढी बेपत्ता बनाएको छ।
  • अनलाइनखबरले २००५ देखि हालसम्मका स्याटलाइट तस्वीरहरूको कोलाज तयार गरी त्रिशूली किनारमा बस्ती र जलविद्युत परियोजना बढेको देखाएको छ।

यसअघि २०८२ असार २४ मा चीनसँगको सीमा जोडिएको ल्हेन्दे खोलामा एक्कासी बाढी आउँदा नेपाल चीन मितेरी पुल बगाएको थियो । रसुवागढी सुख्खा बन्दरगाह/भन्सार क्षेत्र, सडक, कन्टेनर/सवारी साधन र नजिकका जलविद्युत संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । केहीको ज्यान गएको थियो भने केही बेपत्ता बताएका थिए ।

यसको करिब  १४ महिनामै अर्थात् गत १० भदौमा पुन: उहि रुटमा अत्यन्तै ठूलो बाढी आयो । 

यसपटकको बाढी पहिलेकोभन्दा कयौं गुणा बलियो थियो । यसले १२ सय बढीको ज्यान लिइसकेको छ भने अझै पनि ४ हजार बढी बेपत्ता छन् । रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा यसले गर्दा अर्बौंको आर्थिक क्षति पुगेको छ ।

अनलाइनखबरले यी दुवै बाढी आउनु अघिको विभिन्न समयको स्याटलाइट तस्वीरहरूको कोलाज तयार गरेको छ । जसमा २००५ देखि हालैका स्याटेलाइट तस्वीरहरू छन् । यी तस्वीरहरू हेर्दा त्रिशुली किनारमा निरन्तर बस्ती बढिरहेको, जलविद्युत परियोजनाहरू बढिरहेको देखिन्छ । 

त्यस्तै, कतिमा पहिले पुल नबनेको, बिचमा बनेको तर हालैको बाढीले भत्काएको पनि देखिन्छ । यी ग्राफिक्स कोलाजले एउटा प्राकृतिक प्रकोप कति घातक हुन सक्छ, प्रस्ट देखाएको छ । 

स्याटलाइट तस्वीर स्रोत: एयर बस/भानटर/प्लानेट ल्याब/ल्यान्डस्याट/कोपर्निकस/म्याक्सार टेक्नोलोजीज

रसुवा बाढी
लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?