News Summary
Generated by OK AI. Editorially reviewed.- सिजपले विपद्को प्रभावमा परेका बालबालिकालाई सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण र शिक्षामा प्राथमिकता दिन आग्रह गरेको छ।
१८ भदौ, काठमाडौं । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान(सिजप) ले विपद्को प्रभावमा परेका बालबालिकालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा शिक्षालाई विशेष प्राथमिकता दिन आवश्यक रहेको सिजपले जनाएको छ ।
‘यस्तो बेलामा बालबालिका जोखिममा पर्न सक्ने, बेचबिखन, ओसारपसारमा समेत पर्न सक्छन’ सिजपले भनेको छ, ‘प्रभावित बालबालिकामा देखिन सक्ने डर, तनाव, चिन्ता तथा मानसिक आघातलाई सम्बोधन गर्न बालमैत्री मनोसामाजिक परामर्श तथा सहयोग अत्यावश्यक छ ।’
विपद्को समयमा सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पीडित बालबालिका तथा परिवारको तस्वीर, भिडियो वा संवेदनशील अवस्थालाई संवेदनशीता नबुझी सार्वजनिक गर्न नहुने बताएको छ । यसले उनीहरूमा थप मानसिक तनाव सिर्जना हुनुका साथै गोपनीयता र बाल संरक्षणका आधारभूत मान्यतासमेत प्रभावित हुन सक्ने बताइएको छ । यस कारण बालबालिका तथा विपद् प्रभावित व्यक्तिको पहिचान, तस्वीर र व्यक्तिगत विवरण बाहिर नल्याउन सिजपले अपिल गरेको छ ।
वेपत्ता भएका तथा बेवारिसे शवहरूबाट फैलिन सक्ने दुर्गन्ध र महामारीबाट बच्न र बालबालिकालाई उक्त स्थानमा जाँदा पर्ने मानसिक असरबारे सम्बधित सबै सचेत हुनुपर्ने सिजपको भनाइ छ ।
बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार व्यापक, प्रभावकारी र निरन्तर बनाउन तथा आवश्यक राहत तथा मानवीय सहायता समान रूपमा पुर्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ ।
प्रतिक्रिया 4