+
+
Shares

कर्णाली नदीमा पौडी खेल्न गएका दुई बालबालिका डुबेर बेपत्ता

हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बिहीबार दुई बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता युवराज ढकालले बताए ।

रासस रासस
२०८३ भदौ ४ गते २०:३३

४ भदौ, हुम्ला । पौडी खेल्ने क्रममा कर्णाली नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडास्थित कर्णाली नदीमा पौडी खेल्ने क्रममा बिहीबार दुई बालबालिका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज ढकालले बताए ।

ढकालका अनुसार खार्पुनाथ–१ का रामचन्द्र रावलको १३ वर्षीय छोरा प्रशान्त रावल र बृख शाहीकी ११ वर्षीया छोरी अनु शाही नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन् ।

घटनाबारे खबर आएपछि खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली परिचालन गरिएको प्रहरी प्रवक्ता ढकालले जानकारी दिए ।

कर्णाली नदीको तीव्र बहावले दुई बालबालिकालाई बगाएको हुनसक्ने भन्दै निरन्तर खोजी भइरहेको प्रहरी उनले बताए ।

बेपत्ता भएका दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए । नदी किनारमा पौडी खेल्ने क्रममा दुवै बालबालिकालाई कर्णाली नदीको बहावले बगाएको खार्पुनाथ–१ का वडाध्यक्ष जयबहादुर शाहीले बताए ।

नदीमा पानीको बहाव तीव्र रहेकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) शंकर खड्काले जानकारी दिए ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?