+
+
Shares

कर्णालीमा खस्यो बस, भिरमा अड्किएको एउटा शव निकालिँदै

भिरमा अड्किएको अवस्थामा एउटा शव भेटिएको र उक्त शव निकाल्ने प्रयास भइरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १८ गते १४:१६

१८ असार, काठमाडौं । दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको गाडी साढे ११ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो ।

सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बसमा कतिजना सवार थिए भन्ने अझै खुलेको छैन ।

दुर्घटनामा एक जनाको शव फेला परेको छ। भिरमा अड्किएको अवस्थामा एउटा शव भेटिएको र उक्त शव निकाल्ने प्रयास भइरहेको थापाको भनाइ छ ।

बस सडकबाट ६ सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीको भनाइ छ ।

दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?