News Summary
Generated by OK AI. Editorially reviewed.- आज १५ असारमा 'जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि' भन्ने मूल नाराका साथ देशभर राष्ट्रिय धान दिवस मनाइएको छ ।
- कृषि विभागका अनुसार नेपालका ४१ लाख ३१ हजार घरधुरीमध्ये २७ लाख ६५ हजार घरधुरी धान खेतीमा संलग्न रहेका छन् ।
- यस वर्ष असार मध्यसम्म पर्याप्त वर्षा नहुँदा र रासायनिक मलको अभावका कारण धेरै किसानले समयमा रोपाइँ गर्न नसकेको अवस्था छ ।
१५ असार, काठमाडौं । आज असार १५ । देशैभर किसानहरू धान रोपाइँमा व्यस्त छन् । सरकारले पनि असार १५ लाई राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ ।
यसवर्षको धान दिवस ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ मनाइएको छ । १५ असारको अवसर पारेर काठमाडौंको टोखामा पनि रोपाइँ गरिएको छ ।
खेतमा पुगेर किसानहरूले खेत रोपे भने १५ असारको अवसर पारेर विभिन्न विद्यालयले विद्यार्थीलाई खेतसम्म पुर्याएका छन् । विद्यार्थीहरू पनि धानको विरुवा रोपेर, हिलो खेलेर रमाएका छन् ।
हालसम्म नेपालमा १४० भन्दा बढी धानका जातहरू विकास भइसकेको बताइएको छ । कृषि विभागको तथ्यांक अनुसार नेपालका ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार धान खेतीमा संलग्न छन् । कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत क्षेत्रमा धान खेती हुने गरेको छ ।
आर्थिक वर्ष २०८१/८२ मा १४ लाख २० हजार हेक्टरमा खेती गरी ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।
तर, यस वर्ष असार मध्यसम्म पनि पर्याप्त वर्षा नभएका कारण धेरै ठाउँमा रोपाइँ हुन सकेको छैन । वर्षाको अभाव र रासायनिक मलको समस्याले गर्दा किसानहरूले यस वर्ष पनि समस्या झेलिरहेका छन् ।

प्रतिक्रिया 4