News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल आदिवासी जनजाति पत्रकार महासंघले १५ बुँदे सिमरा घोषणापत्र जारी गर्दै आफ्नो चौथो पूर्ण बैठक सम्पन्न गरेको छ।
- महासंघले सरकारी विज्ञापन सबै सञ्चार माध्यमलाई समानुपातिक रूपमा वितरण गर्न सरकारसँग जोडदार माग गरेको छ।
- बैठकले सञ्चार संस्थाको अनुदान कटौती नगर्न र लोककल्याणकारी विज्ञापनको भुक्तानीमा भइरहेको ढिलाइ अन्त्य गर्न सरकारलाई आग्रह गरेको छ।
१५ असार, काठमाडौं । १५ बुँदे सिमरा घोषणापत्र जारी गर्दै नेपाल आदिवासी जनजाति पत्रकार महासघं (फोनिज) को चौथो पूर्ण बैठक सम्पन्न भएको छ ।
मधेश प्रदेश अन्तर्गत बाराको सिमरामा १२-१४ असारसम्म बसेको चौथो पूर्ण बैठक सिमरा घोषणापत्र जारी गर्दै सकिएको हो ।
नयाँ सरकार गठनसँगै सरकारी विज्ञापन सरकारी सञ्चार माध्यमलाई मात्र दिने नीति खारेजी गरेर सबै सञ्चार माध्यमलाई समानुपातिक रूपमा वितरण गर्न, सञ्चार संस्थाहरूलाई दिँदै आएको अनुदान कटौती नगर्न र लोककल्याणकारी विज्ञापनमा समेत भुक्तानीमा ढिलाई तथा विज्ञापन प्रकाशनमा द्विविधाको अन्त्य गर्न फोनिजले सरकारसँग माग गरेको छ ।
यसैगरी संघीय गणतन्त्रलाई अझ बलियो र मितव्ययी बनाउन मिडिया क्षेत्रको तर्फबाट भूमिका खेल्ने निर्णय समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4