+
+
Shares

हुम्लामा निर्मम यातना दिएर मारियो कुकुर, अनुसन्धान गर्दै प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १६:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको सिमकोट विमानस्थल नजिक एउटा कुकुरलाई निर्ममतापूर्वक यातना दिई मारेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी विरोध भइरहेको छ।

एउटा कुकुरलाई निर्मम यातना दिएर मारिएको वीभत्स भिडिओलाई लिएर सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले विरोध जनाइरहेका छन् । सामाजिक सञ्जालमा आइतबारदेखि भाइरल भइरहेको उक्त भिडियोले प्रयोगकर्ताहरूलाई आक्रोशित र स्तब्ध बनाएको हो ।

उक्भ भिडियो टिकटकमा ‘bibek.sunar790’ नामक ह्यान्डलबाट आइतबार बिहान १०:४८ बजे पहिलो पोस्ट भएको देखिन्छ । उक्त भिडिओमा एउटा असहाय कुकुरलाई डोरीको सहारामा डाँडाको ठूलो ढुंगबाट तल झुन्ड्याइएको छ । त्यतिमात्र नभएर माथिबाट निर्दयीपूर्वक ढुंगाहरू बर्साइएको छ ।

घटनाको क्रूरता यतिमा मात्र रोकिँदैन । त्यसको केही समयपछि सोही अकाउन्टबाट अर्को भिडिओ अपलोड गरिएको छ । जहाँ उक्त कुकुरको ज्यान गइसकेको देखिन्छ ।

पहिलो भिडिओमा एक विमानस्थलको पृष्ठभूमि र एक बालकको उपस्थिति प्रस्ट देखिन्छ भने पृष्ठभूमिमा ‘जन्म मृत्यु संसारकै रीत हो साथी आज अमर बनाइदेउ..’ बोलको गीत बजाएर घटनालाई उत्सव झैँ प्रस्तुत गरिएको छ ।

अनलाइनखबरले सोही आधारमा घटना कहाँ भएको हो भनेर खोजेको छ । जसआधारमा उक्त भिडियो बनाइएको स्थान हुम्लाको सिमकोट विमानस्थल आसपासकै क्षेत्र नजिक हो । त्यस्तै स्थान निश्चित गर्न हामीले स्थानीय मान्छेसँग पनि सम्पर्क गर्यौं । उनीहरूले पनि सो स्थान सिमकोट विमानस्थल नजिक रहेको निश्चित गरे ।

स्थान थाहा पाएपछि हामीले जिल्ला प्रहरी कार्यालय हुम्ला सिमकोटमा सम्पर्क गर्यौं । विमानस्थलनजिकै भएको यो घटनाबारे स्थानीय प्रशासन यो बेखबर रहेको देखियो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी सहायक निरीक्षक जङ्गबहादुर घर्तीले घटनाबारे आफूहरूले थाहा पाइसकेको बताए । अहिले प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए ।

यो सामग्री तयार पार्दासम्म कुकुरलाई निर्ममतापूर्वक सताइएको उक्त भिडियो १ लाख ६० हजार बढीले हेरिसकेका छन् । त्यस्तै ७०० बढी कमेन्ट आएका छन् । जसमा अधिकांशले दोषीलाई शक्त कारवाही गरिनु पर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?