+
+
Shares

सुवास अधिकारीको नाट्य कृति ‘नो सिग्नल’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १५:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डेढ दशकदेखि रंगमञ्चमा सक्रिय सुवास अधिकारीले आफ्नो नयाँ नाट्य कृति नो सिग्नल आइतबार धरानमा लोकार्पण गरेका छन् ।
  • डिजिटल युगमा हराउँदै गएको मानवीय संवेदना र आधुनिक समाजको एक्लोपनलाई कृतिले बिम्बात्मक शैलीमा प्रस्तुत गरेको छ ।
  • निर्देशक घिमिरे युवराजले प्रविधि जति विकास भए पनि मानवीय सम्बन्धको विकल्प नरहेको सन्देश कृतिले दिएको बताउनुभयो ।

१५ असार, सुनसरी । डेढ दशकसम्म सृष्टि नाट्य समूहमार्फत रंगमञ्चमा सक्रिय भएर काम गरेका सुवास अधिकारीले आफ्नो नयाँ नाट्य कृति नो सिग्नल लोकार्पण गरेका छन् । धरान रिडर्स ग्रुपको आयोजनामा आइतबार ‘नो सिग्नल’ को लोकार्पण गरिएको हो ।

नाट्य लेखन, निर्देशन र अभियनमा रमाउँदा रमाउँदै स्विडेनको स्टकहोम पलायन भएका अधिकारीले नाट्य कृति नो सिग्नलमार्फत डिजिटल प्रविधिमा हराइरहेको आधुनिक समाजमा मानवीय सवेदनाको पाटोलाई उधिनेका छन् ।

डिजिटल प्रविधिले मान्छेलाई जतिसुकै सहज बनाए पनि एक्लोपन हटाउन र जीवनलाई अर्थपूर्ण बनाउन मानवीय सम्बन्धको विकल्प नरहेको सन्देश उनले नाट्य कृति नो सिग्नलमार्फत दिएका छन् ।

लोकार्पण समारोहमा शिल्पी थिएटर, काठमाडौंका परिकल्पनाकार, नाट्य सर्जक तथा निर्देशक घिमिरे युवराजले अधिकारीको पछिल्लो नाट्य कृति नो सिग्नलले मानवीय सम्बन्ध, संयोग र जीवनको निस्सारतालाई बिम्बात्मक शैलीमा प्रस्तुत गरेको बताए ।

अर्का टिप्पणीकार उपप्राध्यापक राजेश विद्रोहीले विज्ञान र प्रविधिले जति नै फड्को मारे पनि मानवीय सम्बन्ध अपरिहार्य रहने सन्देश नाटकले दिएको बताए । उनले भने, ‘आधुनिकताले मानिसको एक्लोपन र छट्पटीलाई अन्त्य गर्न नसक्ने यथार्थलाई कृतिले उजागर गरेको छ ।’

श्रीमती सोमा थापासहित २०६५ सालमा स्विडेन गएका अधिकारीले स्टकहोममा नेपालीसँग मिलेर नेपाल मण्डप नामक संस्था चलाउँदै आएका छन् । केही साताका लागि नेपाल आएका उनीहरूले पुस्तक लोकापर्णसँगै शिल्पी थिएटरमा नाट्य मञ्चन पनि गर्ने तयारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?